काबुलमा कारबम विस्फोट आठको मृत्यु

काबुलमा कारबम विस्फोट आठको मृत्यु
सांकेतिक तस्वीर

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष ५, २०७७

एजेन्सी ।  अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

आतङ्ककारीहरुले गरेको आतङ्कमा आफ्ना  आठ जना देशवासीको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता तारिक अरिआनले बताउनु भएको छ ।

 सुरक्षा अधिकारीहरुले राजधानीको पश्चिम भागमा सो कारबम विस्फोस्ट भएको पुष्टि गरेका छन् । एक स्वास्थ्य अधिकारीले पनि यस विस्फोटको पुष्टि गरेका छन् । यस विस्फोटको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।