छुट्टाछुट्टै दुई स्थानमा भएकाे आगलागीमा १० लाख रुपैयाँ क्षति

छुट्टाछुट्टै दुई स्थानमा  भएकाे आगलागीमा १० लाख रुपैयाँ क्षति

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ६, २०७७

महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको आगलागीमा १० लाख बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार जलेश्वर नगरपालिका– ३ बस्ने लगन राय र मटिहानी नगरपालिका– २ बस्ने जकी शेषको घरमा भएको आगलागीमा १० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

राति १०:३० बजेतिर लगन रायको घरमा विद्युत् चुहिएर भएको आगलागीमा परी नगद एक लाख रुपैयाँ, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, चार चौपाया र दुईकोठे घरसहित पाँच लाख ९५ हजारको क्षति भएको छ ।

मध्यरातमा जकी शेषको घरमा भएको आगलगीमा परी नगद, दुई वटा चौपाय, कुखुरा र चल्ला, साँखुको काठ, खाद्यान्न लत्ताकपडा, भाँडाकँुडा र दुई कोठे घरसहित तीन लाख ७४ हजारको क्षति भएको हो । दुवै आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरी तथा स्थानीय, प्रहरी र जलेश्वर नगरपालिकाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।