प्रखर क्यान्सर अस्पतालमा शल्यक्रिया सेवाकाे शुरुआत

प्रखर क्यान्सर अस्पतालमा शल्यक्रिया सेवाकाे शुरुआत

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष ६, २०७७

बाँके  । बाँकेको खजुरास्थित सुशील कोइरला प्रखर क्यान्सर अस्पतालले शल्यक्रिया  सेवा शुरुआत गरेकोे छ । अस्पतालमा शरीरमा गाठागुठी भएका र मासु पलाएका तथा जटिल खालका बिरामीको शल्यक्रियासमेत हुने कार्यकारी निर्देशक डा कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो

अस्पतालमा बिरामीको नियमित उपचारसमेत भइरहेको छ । कोरोना महामारीले बिरामीको उपचारमा खासै प्रभााव नपरेको अस्पतालले जनाएको छ । सुदूरपश्चिम , कर्णाली  र लुम्बिनी प्रदेशको जिल्ला बाँके, बर्दिया र दाङसम्मका नयाँ क्यान्सरका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।  

सङ्घीय सरकारको मातहतमा रहेको सो क्यान्सर अस्पतालका लागि खजुरा गाउँपालिकालगायत अन्य स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासनले पनि सहयोग गरिहेको जनाइएको छ । विसं २०७५ असार ९ गते तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालनमा आएको सो क्यान्सर अस्पतालले अहिलेसम्म १० हजार बढी बिरामीलाई उपचार सेवा पु¥याइसकेको छ ।  

अस्पतालले हालका लागि ओपिडी सेवा अन्तर्गत बिरामी जाँच, किमो थेरापी, प्याथोलोजी, रेडियोलोजी, शल्यक्रिया र फार्मेसी सेवा दिइरहेको छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्तर्गत ५९ श्ययाबाट आफनो सेवा प्रारम्भ गरेको छ । यो अस्पतालको सेवा प्रारम्भ भएपछि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकलाई शुरुवाती चरणको उपचार सेवा लिन भरतपुर, काठमार्डौ जानुपर्ने बाध्यता पनि टरेको छ । 

खजुराका समाजसेवी किस्मतकुमार कक्षपतिको अगुवाइमा करिब १७ वर्ष अघि ९२०६५ सालमा० खजुरावासीको यज्ञकीर्तन, मुठीदानबाट अस्पताल निर्माणका लागि सङ्कलन गरेको रकमबाट शुरुमा खजुरा प्रखर क्यान्सर अस्पताल नामाकरण गरी भवन निर्माण गरिएको थियो । कक्षपति अहिले खजुरा गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारीमा हुनुहुन्छ । 

तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगन थापाले अस्पतालको स्वामित्व ग्रहण गरी नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ नामाकरण गर्ने निर्णय गरेको थियो । यसपछि सोही नामबाट अस्पतालको सेवा सुचारु भइरहेको जनाइएको छ ।