पत्रकारिता क्षेत्र आर्थिक सङ्कटबाट गुज्रिएको भए पनि धरासायी हुन नदिने

पत्रकारिता क्षेत्र आर्थिक सङ्कटबाट गुज्रिएको भए पनि धरासायी हुन नदिने

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ७, २०७७

काठमाडाैं । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको र त्यसको असर सञ्चार क्षेत्रमा पनि परेको बताउनुभएको छ ।  कुनै पत्रकार भोकै बस्नु नपर्ने उल्लेख गर्दै पत्रकारको पत्रकार महासङ्घ साझा र अभिभावक संस्था भएकाले पत्रकारमाथि आँच आउन नदिइने उहाँले बताउनुभयो । अध्यक्ष आचार्यले कोभिडका कारण पत्रकारिता क्षेत्र आर्थिक सङ्कटबाट गुज्रिएको भए पनि धरासायी हुन नदिने बताउनुभयो ।

'पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष आचार्यले संसद् विघटन हुनु लोकतन्त्रमाथिको बज्रपात भएको बताउनुभयो । प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्र भुसालले सबै पत्रकार र सञ्चारमाध्यमले आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो ।