सुन ताेलामा ३०० रुपैयाँले घट्यो

सुन ताेलामा ३०० रुपैयाँले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ७, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा सोमबार कारोवार भएको थियो । 

यसैगरी चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ । प्रतितोला एक हजार ३२० रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला  एक हजार ३१५ रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ ।