हुम्लाको सदरमुकाम सिमकोटस्थित  विमानस्थलको घेराबार अन्तिम चरणमा

हुम्लाको सदरमुकाम सिमकोटस्थित  विमानस्थलको घेराबार अन्तिम चरणमा

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ७, २०७७

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित  विमानस्थलको घेराबार अन्तिम चरणमा पुगेको छ । गत मङ्सिरको पहिलो साता हल्का हिमापात भएपनि त्यसपछि हिमपात नहुनु र निर्माण कम्पनी पक्षले सम्झौता अवधिमै कार्यसम्पन्न गर्ने योजना बनाएकाले उक्त काम अन्तिम चरणमा पुगेको हो । 

बिहानदेखि बेलुका अबेरसम्म काम गरिएपछि विमानस्थल घेराबारको काम ८० प्रतिशत पूरा भएको बानियाँ निर्माण सेवा प्रालि हेटाैँडाका प्रतिनिधि दानबहादुर रावलले बताउनुभयो । दश वर्ष अगाडि निर्माण भएको घेराबार जीर्ण र विमानस्थलमा चौपाय विमानस्थलभित्र जान थालेपछि घेराबार थालिएको हो । कूल एक हजार ४१० मिटरमध्ये हालसम्म एक हजार १०० मिटर घेराबार कार्य सम्पन्न भएको छ ।