मेगा बैङ्कद्वारा १५ लाखसम्म सुनचाँदी महिला व्यवसायीहरूलाई बिना धितो ब्याज अनुदान कर्जा दिने सम्झौता

मेगा बैङ्कद्वारा १५ लाखसम्म सुनचाँदी महिला व्यवसायीहरूलाई बिना धितो ब्याज अनुदान कर्जा दिने सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ७, २०७७

 

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले ललितपुर सुनचाँदी व्यवसायी सङ्घमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरूलाई बिना धितो ब्याज अनुदान कर्जा दिने भएको छ ।

मेगा बैङ्क नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष रमेशबहादुर शाक्यबिच सङ्घमा आबद्ध महिला उद्यमीहरूलाई १५ लाख रुपैंयासम्म बिनो धितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सुनचाँदी व्यवसायी सङ्घबाट सिफारिससहित आवश्यक कागजपत्र लिएर आउने उद्यमीहरूले यो कर्जा पाउने  कुरा  मेगा प्रेस रिलिजमा  उल्लेख गरिएको  छ । 

मेगा प्रेस रिलिजमा यस  कर्जाले महिला उद्यमीहरूलाई आत्मनिर्भर बनाउन थप उत्साह र ऊर्जा मिल्ने मेगा बैङ्कको विश्वास लिएको समेत उल्लेख गरेको  छ ।