मौरीबाट विष उत्पादन गर्ने लक्ष्य

मौरीबाट विष उत्पादन गर्ने लक्ष्य

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ८, २०७७

तनहुँ । मौरीपालन कृषक मिश्रले मौरीबाट विष उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभएको छ । महको घारभित्र ६० हजार रुपैयाँ पर्ने मेसिन जडान गरी सिसासँगै करेन्ट प्रवाह गर्दा मौरीलाई करेन्ट लाग्ने र करेन्ट लागेको झोकमा रिसाउँदा सिसालाई टोक्दा विष छाड्ने बताइएको छ ।

उक्त विष औषधि प्रयोगमा महङ्गो मूल्यमा बिक्री हुने भएकाले विष उत्पादन गर्ने योजना रहेको उहाँले बताउनुभयो । सिसामा थोरै विष छाड्ने भएकाले उक्त विष कोट्याएर सङ्कलन गरिनेछ । उक्त विषको प्रतिकिलो २५ लाख रुपैयाँ सम्म मूल्य पर्ने बताइएको छ । मौरीपालन किसान मिश्रलाई मौरीसहित २५ घार अनुदानमा प्रदान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । मौरीपालनतर्फ कृषकलाई आकर्षित गर्न कार्यालयले मौरीसहितको घार अनुदानमा वितरण गर्दै आएको उहाँले बताउनुभयो ।