प्रतिताेला ९०० रुपैयाँले घट्यो सुन

प्रतिताेला ९०० रुपैयाँले घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ८, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो । प्रतितोला  ९०० रुपैयाँले आज ओरालो लागी ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज भने प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला ५० रुपैयाँले घटेको छ । प्रतितोला  एक हजार ३१५ रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला  एक हजार २६५ रुपैयाँमा कारोवार भएको छ ।