सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रतिनिधिसभा मर्माहत भएकाे उल्लेख (बक्तव्यसहित)

सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रतिनिधिसभा मर्माहत भएकाे उल्लेख (बक्तव्यसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ८, २०७७

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले गरेको विघटन नमान्ने बताएका छन् । सभामुख सापकोटाले २०७७ पुस ८ गते  बुधवार साँझ  एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक व्यवस्था स्मरण गराउनु भएको  छ । 

सभामुख सापकोटाको विज्ञप्तिमा भनिएको छ–संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्तिपृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ भनी उल्लेख गर्नु भएको छ ।

सभामुख सापकोटामाथि विशेषाधिकार प्रयोग गरेर संसदको कारबाही चलाउन प्रचण्ड-माधव नेपाल पक्षधर नेकपा र जसपाले दबाब दिइरहेका बेला सभामुखको यस्तो धारणा आएको हो । सभामुख सापकोटाले संविधानको रक्षार्थ राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता बढेर गएको बताउनु भएकाे छ ।  

यस्तो छ  सभामुख अग्निप्रसाद सापकोटाले जारी बक्तव्य