वाग्मती प्रदेशको राजधानी हेटौँडामा आठ दिने मूर्तिकला कार्यशाला

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आठ दिने मूर्तिकला कार्यशाला

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ९, २०७७

हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आगामी पुस १२ गतेदेखि आठ दिने मूर्तिकला कार्यशाला हुने भएको छ । दुई स्थानीय र आठ राष्ट्रिय कलाकार गरी १० कलाकारको उपस्थितिमा कार्यशाला गर्न लागिएको हो । 

‘कलाका लागि कला नै’ भन्ने नाराका साथ आठ दिने मूर्तिकला कार्यशाला गर्न लागिएको आयोजक हेटौँडाको हर्नामाडीमा रहेको ज्योति माध्यमिक विद्यालयले जनाएको छ । विद्यालयको ५४ औँ वार्षिकोत्सवको अवसरमा मूर्तिकला कार्यशाला गर्न लागिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेलले जानकारी दिनुभयो ।  

विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि ललितकला विषयअन्तर्गत मूर्तिकला र चित्रकला कक्षा सञ्चालनका लागि कार्यशाला गर्न लागिएको विद्यालयले जनाएको छ ।