सुनको मूल्य उकालो लाग्यो

सुनको मूल्य उकालो लाग्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ९, २०७७

काठमाडाैं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १०० रुपैयाँले उकालो लागेको छ । प्रतितोला ९०० रुपैयाँले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन प्रतितोला  ९३ हजार ६०० रुपैयाँमा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो ।  चाँदी प्रतितोला  एक हजार २८० रुपैयाँमा कारोवार भएको छ । बुधबार भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ ।