राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ९, २०७७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । 

नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाउनुभएको छ  ।