प्रधानमन्त्री कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने समझदारी

प्रधानमन्त्री कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने  समझदारी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष १०, २०७७

काठमाडौँ  । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजीत सगरमाथा सिमेन्ट पीएम कप महिला (टी २०) २०७७ तथा पीएम कप  पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ ।

यहि डिसेम्बर २६ देखि दाङ, लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी २०)२०७७ मा एक विभागीय टोली र ७ प्रादेशीक महिला टोलिहरु सहभागी हुंदैछन् ।

यसैगरि काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा जनवरी २०२१ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसिय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्ने समेत समझदारी भएकाे जनाइएकाे छ  ।