प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद्मा हेरफेर, दुई मन्त्री हटाइयो

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद्मा  हेरफेर, दुई मन्त्री हटाइयो

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्नु भएकाे छ । 

 प्रतिनिधिसभा विघटनपछि नेकपा दुई चिरा परेकाबेला गरेको हेरफेर अनुसार नवनियुक्त मन्त्रीले शपश लिएका हुन ।

 हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाइएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्रीकाे जिम्मेवारी दिइएकाे छ ।  मणि थापालाई खानेपानी मन्त्रालय र प्रभु साहले शहरी विकास मन्त्रालय पाएका छन् ।त्यसैगरी प्रधानमन्त्रीले प्रेम आलेलाई वन मन्त्री बनाइएकाे छ भने  गौरीशंकर चौधरी श्रम र गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्रीकाे जिम्मेवारी दिइएकाे छ । 

 सिन्धुपाल्चोकबाट प्रदेश सांसदमा पराजित दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् । जुलीकुमारी महतोलाई महिला बालबालिका मन्त्री,  उद्योग राज्यमन्त्री मोती दुगडको ठाउँमा विमला विश्वकर्माले ल्याइएकाे छ ।  प्रधानमन्त्रीले महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिव्यवस्था मन्त्री बनाएका छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ भने  स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन र संघीय मामिलामन्त्री रहेका हृदयश त्रिपाठीलाई स्वास्थ्य मन्त्री बनाइएको छ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।