विषयासक्त साधक ! स्त्री भाव, वैश्य भाव, शूद्र भावकाे रस भोग लालसासम्म !!

विषयासक्त साधक ! स्त्री भाव,  वैश्य भाव, शूद्र भावकाे  रस भोग लालसासम्म !!

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  पुष ११, २०७७

    समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः ।
    ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् ।। २९ ।।

अन्वय र अर्थ – अहं = म, सर्वभूतेषु = सम्पूर्ण प्राणीहरू प्रति, समः = समान छु । मे = मेरो, द्वेष्यः = द्वेष,  (घृणाको योग्य),  न अस्ति = छैन, प्रियः = प्रिय पनि, न (अस्ति) = छैन । तु = किन्तु, ये = जुन मानिसहरू, भक्त्या = भक्तिपूर्वक, मां = मलाई, भजन्ति = भजन गर्दछन्, ते = तिनीहरू, मयि = ममा रहन्छन्, अहं अपि च = म पनि, तेषु = ती सबै भित्र रहन्छु ।

भावार्थ – म सर्वभूतमा समान छु । मेरो द्वेष्य पनि छैन प्रिय पनि छैन ।  परन्तु जुन साधकहरू भक्तिपूर्वक मलाई भज्दछन् तिनीहरू ममा रहन्छन्  'म' पनि ती सबैको भित्र रहन्छु ।

विशिष्टार्थ – त्यो जुन गुरूपदिष्ट क्रममा  'म'  भजन गरेर  'म' हुनु हो, यस   'म' मा द्वैताद्वैतभाव रहदैन । किन कि जसले 'म लाई भजन गर्दछ त्यो 'म' हुन्छ, 'म'  पनि मलाई भजन गर्नेका साथ मिलेर त्यसलाई 'म'  बनाउँछु । त्यसकारण 'म' निस्तरंग (तल माथि) विहीन छु । ममा प्रिय वा अप्रियको स्थान छैन, सबै समान छ । समोऽहं– अहं शब्दले एकलाई वुझाउँछ । यस एकमा सबै मिल्नाले ऊँच नीच भन्ने रहदैन । भूत समूह जब त्यस  'अहं' मा गएर मिल्दछ, तब भूतहरूको ह्रास–वृद्धि (तल माथि) पनि मेटिएर समान हुन्छ । त्यसकारण 'म'मा प्रिय वा अप्रियको उद्रेक (प्रबलता) पनि रहदैन । जसले गुरूपदेश अनुसार अटल विश्वास र भक्तिपूर्वक मेरो भजन गर्दछ उही 'म'  मा परेर मिलेर 'म' हुन्छ, अलिकति पनि यताउति भयो भने 'म' हुन सक्दैन । जस्तो अग्निले नजिकको प्राणीको मात्र शीत निवारण गर्न सक्छ, टाढाको लागि सक्दैन, टाढा रहेकाले अग्निलाई देख्छ मात्र परन्तु उसको जाडो हट्दैन, परन्तु अग्नि दुबैका लागि समान छ ।

    अपि चेत् सुदुराचारो भजते मामनन्यभाक् ।
    साधुरेव स मन्तव्यः सम्यग् व्यवसितो हि सः ।।३० ।।

अन्वय र अर्थ – सुदुराचारः = अत्यन्त दुराचारी, अपि = पनि, चेद् = यदि, अनन्यभाक् = अनन्य भक्तिले युक्त भएको छँदो, मां = मलाई, भजते = भजन गर्दछ, सः = त्यसलाई, साधुः एव = साधुनै, मन्तव्यः = मान्नु पर्छ, हि = किन कि, सः = त्यो, सम्यक् = यथार्थ रूपमा, व्यवसितः = दृढ निश्चयी बनेको छ ।

भावार्थ – अत्यन्त दुराचारी मनुष्य पनि यदि अनन्यभक्तिभावले मेरो भजन गर्दछ भने ऊ साधु भनेर मानिन्छ, किन कि ऊ यथार्थ रूपले निश्चयी बनेको छ ।

न पुरुषले ब्रम्हलाई जान्दछ अर्थात् सर्वदा ब्रम्हसंस्पर्शानन्दसुख अनुभव गरेर जसको देहात्मबुद्धि नष्ट भएको छ, त्यही महात्मा ब्राम्हण हो । अनि जुन पुरुषले विषय भोग गर्दछ, परन्तु विषय भोगको प्रत्येक फल उसको आँखाको सामुन्ने रहेको हुन्छ–जो अपरोक्षदर्शी छ, जसलाई विषय भोगको मोहले आत्मज्ञानबाट विचलित गर्न सक्दैन त्यो  पुरुष राजर्षि हो । ती व्यक्तिहरू पुयण्वान् हुन् अर्थात् मलमूत्रमय देहमा यी सबैको आत्मबुद्धि छैन ।

विशिष्टार्थ–साधक ! क्रियाप्रति लक्ष्य गरेर आफैं सम्झेर बुझेर हेर यदि म अनासक्तिपूर्वक चरण (चरण विषय विना अरू कुनैमा हुँदैन) गरें भने विषय मबाट धेरै टाढा रहन्छ, अनि फेरि त्यस विषयमा आसक्ति दिएर अनेक जन्म भोग रागमा मत्त बनेर रहें भने त्यही सुदुराचार अवस्था हुन्छ, किन कि त्यो अति चन्चलतामय छ । फेरि जब म विषयासक्तिलाई छोडेर कूटस्थमा आफ्नो स्वरूपलाई लक्ष्य गरेर सूक्ष्मश्वासमा आसक्ति दिएर धारणामा स्थित हुन्छु भने तबमात्र म 'म' हुन्छु–साधु हुन्छु । यसैको नाम आत्मनिष्ठा हो ।

    क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति ।
    कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति ।। ३१ ।।

अन्वय र अर्थ – (सुदुराचारोऽयि मां भजन् = सुदुराचारीले पनि मलाई भज्छ भने ऊ), क्षिप्रं = शीघ्र न,ै धर्मात्मा = धर्मात्मा, भवति = हुन्छ, (ततश्च = त्यसपछि पनि), शश्वत् = नित्य, शान्ति = शान्ति, निगच्छति = प्राप्त गर्दछ, कौन्तेय = हे कौन्तेय ! मे = मेरो, भक्तः = भक्त, न प्रणश्यति = नष्ट हुँदैन, (इति यो निश्चितकुरा) प्रतिजानीहि = प्रतिज्ञा गरेर भन्न सक्छौ ।

भावार्थ – सुदुराचारीले पनि मेरो भजन गर्‍यो भने ऊ शीघ्र नै धर्मात्मा हुन्छ र नित्य शान्ति प्राप्त गर्छ । हे कौन्तेय ! मेरो भक्त (जसले आफ्नो करणलाई ममा समर्पित गरेको छ ) विनाशमा प्राप्त हुँदैन । यो कुरा तिमीले प्रतिज्ञा गरेर भन्न सक्छौ ।

विशिष्टार्थ – आत्मनिष्ठाको सुख एक पटक जसले अनुभव गरेको छ, त्यस सुखलाई फेरि भोग गर्नका लागि उसमा अवश्य व्याकुलता हुन्छ । त्यो व्याकुलताले उसलाई सुख भोग गर्नका लागि अवश्य चेष्टा गराउँछ । त्यस चेष्टाबाट उसले सुख पनि पाउँछ । अतएव बरम्बारको व्याकुलतामा बरम्बारको सुखभोगको अभ्यास गाढा हुनाले शीघ्र नै शब्द स्पर्श रूप रस—गन्ध यी सबै विषय भोग प्रति वितृष्णा पैदा हुन्छ, चरण (घुम्नु–फिर्नु, संकल्प, विकल्प रूप, अन्तःकरण धर्म) छुट्छ, धारणाले रूप लिन्छ । यो धारणा नै धर्म हो । चित्त तब यस धर्ममा आबद्ध भएर स्थिर रहन्छ, र अरू केही पनि ग्रहण गर्दैन, अतः यो अवस्था शाश्वत् शान्तिको निवास भूमि हो । भक्त भएपछि–अनन्यभाक् भएपछि यस शाश्वत् शान्तिको निवास भूमिमा जानु नै पर्दछ, विनाशमा प्राप्त हुँदैन, अर्थात् विषयासक्तिमा मोहित भएर बारंबार जन्ममरण भोग गर्नु पर्दैन । साधक ! अब तिमी आज्ञाचक्रमा उठेर उपासनालो प्रत्यक्ष ज्ञानमा ज्ञान विज्ञानलाई आकर्षण गर्न समर्थ भएर कौन्तेय पदवाच्य भएका छौ, अब तिमीले प्रतिज्ञा गरेर यो कुरा (प्रति+ज्ञ = जान्ने वस्तु 'म' + आ = आसक्ति) अर्थात् जान्नु पर्ने बस्तु जुन हो सोही 'म' प्रति आसक्ति दिएर 'म'  को भाव अनुभव गरेर भन्न सकछौ – 'म'  को भक्त भएपछि अरू विनाशमा प्राप्त हुनु पर्दैन ।

    मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युःपापयोनयः ।
    स्त्रियो वैश्या स्तथा शुद्रास्तेऽपि यान्ति परांगतिम्  ।। ३२ ।।

अन्वय र अर्थ – पार्थ = हे पार्थ १ हि = किन कि, पापयोनयः = जन्मको कारण पाप भएका, स्त्रियः = स्त्रीहरू, वैश्याः = वैश्यहरू, तथा = त्यस्तै, शूद्राः= शूद्रहरू, ये अपि = यस्ता अरू प्राणीहरू पनि, मां = म (परमात्मा) लाई, व्यपाश्रित्य = आश्रय बनाएर, स्युः = रहन्छन्, ते अपि = तिनीहरू पनि, परमां = परम, गतिं = गतिमा, यान्ति = प्राप्त हुन्छन् ।

भावार्थ – पापजन्मा स्त्री, बैश्य तथा शूद्र जो कोही पनि ममा विशेष प्रकारले आश्रय गरेर रहन्छन्, तिनीहरू नै परमगतिमा प्राप्त हुन्छन् ।

विशिष्टार्थ – हे विषयासक्त साधक ! यदि तिमी माथिको 'म' लाई निश्चयरूपले आश्रय गर्न सक्यौ भने तिम्रो स्त्री भाव (अन्त करणमा जब अष्ट गुण काम रस भोग लालसा बढ्छ, त्यही अवस्था), तिम्रो वैश्य भाव (क्रिया गरेर क्रियामा प्राप्त जुन अलौकिक विभूति हो, त्यसलाई देखाउनका लागि– मानिसहरूसँग ठुलो बन्नका लागि जुन आतुरता हो त्यही) , र तिम्रो शूद्र भाव (श =श्वास+उ = स्थिति+द = योनि, रं =प्रकाश अर्थात् जुन अवस्थामा प्रति निःश्वास र प्रश्वास योनिमा प्रकाशमान रहन्छ अर्थात् अन्त करण कामान्ध भएर भोग वासनाको सेवक हुन्छ, त्यही) यी तीनै शीर्ण (नष्ट) भएर भेरो परम गति जुन 'म'  हो त्यही हुनेछौ ।

    किं पुन ब्र्राम्हणाः पुण्या भक्ता राजर्षय स्तथा ।
    अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम् ।। ३३ ।।

अन्वय र अर्थ – पुण्याः = सद्गुण सम्पन्न, ब्राम्ह्णाः = ब्राम्हणहरू, तथा = त्यस्तै, राजर्षयः = राजर्षिहरू, परांगतिं यान्ति = परम गति प्राप्त गर्छन्), किं पुनः (वक्तव्यं) = यसमा अरु भन्नु नै के छ ? (अतः त्वं = यस कारण, तिमी) इमं = यो, अनित्यं = क्षण भङ्गुर, असुखं = सुखरहित, लोकं = मनुष्य लोकलाई अर्थात् परम पुरुषको साधन–रूप मनुष्य शरीरलाई, प्राप्य = प्राप्त गरेर, मां = मलाई, भजस्व = स्मरण गर ।

भावार्थ – पुण्यवान् ब्राम्हणगण तथा भक्त रार्जर्षिगण जुन परम गतिमा प्राप्त हुन्छन्, त्यसमा अरू भन्नु नै के छ ? अतएव तिमी यो अनित्य असुखकर लोक (मनुष्य चोला) मा प्राप्त भएर मेरो स्मरण गर्ने गर ।

विशिष्टार्थ – जुन पुरुषले ब्रम्हलाई जान्दछ अर्थात् सर्वदा ब्रम्हसंस्पर्शानन्दसुख अनुभव गरेर जसको देहात्मबुद्धि नष्ट भएको छ, त्यही महात्मा ब्राम्हण हो । अनि जुन पुरुषले विषय भोग गर्दछ, परन्तु विषय भोगको प्रत्येक फल उसको आँखाको सामुन्ने रहेको हुन्छ–जो अपरोक्षदर्शी छ, जसलाई विषय भोगको मोहले आत्मज्ञानबाट विचलित गर्न सक्दैन त्यो  पुरुष राजर्षि हो । ती व्यक्तिहरू पुयण्वान् हुन् अर्थात् मलमूत्रमय देहमा यी सबैको आत्मबुद्धि छैन । अनि ती व्यक्तिहरू भक्त हुन् अर्थात् कुनै प्रकारबाट विच्युत भएर यी सबैका भित्र कुनै पनि आत्महारा हुँदैन ती व्यक्तिहरू जो यो असुखमय अनित्य जगत्मा प्राप्त भएर पनि त्यो माथिको 'म' को भजन गर्दछन्, यसमा अरू भन्नु नै के छ ? साधक ! अब तिमीले हेर, तिमी आज्ञाचक्रमा पुगेर निम्न दृष्टिद्वारा विषयको अनित्य असुखकर क्रियालाई जुन प्रत्यक्ष गर्छौं, पुनः ऊध्र्वदृष्टिद्वारा आत्म तत्वलाई पनि जान्दछौ, सबै नै तिमीलाई प्रत्यक्ष हुन्छ, कुनै पनि परोक्ष रहदैन, यही नै तिम्रो राजर्षिभाव हो । यस अवस्थामा स्थित तिमी, निम्नदृष्टिलाई त्यागेर अवश्य एक मात्र यो 'म' को भजन गर ।

मन्मना भव मद्भक्तो  मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणः ।। ३४ ।।
 

याे पनि 

धर्म संकल्प र विकल्प :मनको त्राण जसले गर्छ त्यही मन्त्र हो

जगतको मतमा मत : बाँच्नुको नाम कल्याण हो र मृत्युको नाम अकल्याण

जसको एक निश्वास पनि खेर जाँदैन त्यही सुरेन्द्र हो

वायु जब समतामा प्राप्त हुन्छ सोही अवस्थाको नाम निर्वाण हो

देवताको भजन र शरीर त्याग : सांस्कारिक अन्त करणमा संस्कारसहितको प्रभाव