सफा टेम्पोमा प्रभु बैंकको क्यू आर कोड मार्फत भाडा भुक्तानी सेवा सञ्चालनमा

सफा टेम्पोमा प्रभु बैंकको क्यू आर कोड मार्फत भाडा भुक्तानी सेवा सञ्चालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ११, २०७७

काठमाडौँ । प्रभु बैंकले आफ्नो मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाण्डौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यू आर कोड सेवा प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाण्डौ उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ ।  

महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंक लि. को क्यू आर कोड राखिएको छ उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफुनो मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाईएको छ । 

प्रभु बैंकले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रु महानुभावहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।