गाउँपालिकाद्वारा सडक सुरक्षा सामग्री हस्तान्तरण

गाउँपालिकाद्वारा सडक सुरक्षा सामग्री हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १२, २०७७

चितवन । गाउँपालिकाले राजमार्गमा हुने दुर्घटनामा कमी ल्याउनका लागि ट्राफिक प्रहरी कार्यालय मुग्लिनलाई ट्राफिक सुरक्षा सामग्री सहयोग गरेको छ । इच्छाकामना–ं५ मुग्लिनमा एक कार्यक्रम गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

शनिबार गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले रोड ब्यारियर सात थान, हिलटेक कोन छ थान, सानो ट्राफिक कोन ११ थान, ट्राफिक ब्याटन लाइट दुई थान, रिफ्लेक्टिङ स्टिकर एक रोल गरी एक लाख ५७ हजार ४०९ रुपैयाँ बराबरको सामग्री इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगर तथा ट्राफिक प्रहरी कार्यलय मुग्लिनका प्रमुख प्रहरी सहायक निरीक्षक युवराज बसौलालाई संयुक्तरूपमा हस्तान्तरण गरेको हो । उक्त अवसरमा उपाध्यक्ष श्रेष्ठले राजमार्गमा सवारी चापको व्यवस्थापनमा पुर्याएको भूमिकाको प्रसंशा गर्दै ट्राफिक प्रहरी कार्यालय मुग्लिनका लागि छुट्टै कार्यालय भवन निर्माण गर्नसमेत पहल गरिने बताउनुभयो ।