प्रदेश नं १ को प्रदेशसभाको साताैँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते

प्रदेश नं १ को प्रदेशसभाको साताैँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १२, २०७७

माेरङ । प्रदेश नं १ को प्रदेशसभाको साताैँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने  निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिनुभयो ।

प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।