फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १३, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २०० रुपैयाँ रहेकामा आज प्रतितोला ९४ हजार ९०० रुपैयाँ पुगेको छ ।  यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेकामा आज ७०० रुपैयाँले वृद्धि भई ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ । त्यस्तै चाँदी आज प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोवार भएको छ । चाँदी आइतबार एक हजार २८० रुपैयाँमा कारोवार भएको थियो ।