ओरालो लाग्यो सुनकाे मूल्य

ओरालो लाग्यो सुनकाे  मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १४, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ८०० रुपैयाँले ओरालो लागेको छ । प्रतितोला ७०० रुपैयाँले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा सोमबार कारोवार भएको थियो । यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज प्रतितोला ९३ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला ८०० रुपैयाँले घटेको छ । 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । प्रतितोला एक हजार ३१५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।