वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता पुस २५ देखि

वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता पुस २५ देखि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष १४, २०७७

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ । 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ  आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी खेलमैदानमा आयोजना हुने छ । युवालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'यसले गाउँपालिकामा रहेका खेलाडिको क्षमता विकासमा सहयोग पुर्‍याउने छ ।' प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्र सहित रु एक लाख, दोस्रोले ५० हजार रुपैयाँ ,  तेस्रोले  २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।