नगरपालिकाद्वारा पाँच लाख राशीको मेयर गोल्डकप फुटबल प्रतियोगिता

नगरपालिकाद्वारा पाँच लाख राशीको मेयर गोल्डकप फुटबल प्रतियोगिता

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष १४, २०७७

महोत्तरी । जलेश्वर–महोत्तरी जिल्लाको भंगहा नगरपालिकाद्वारा पाँच लाख राशीको मेयर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नगर प्रमुख संजीव कुमार साहले यही पुस १७ गतेदेखि  प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले सो प्रतियोगिताका प्रथम विजेतालाई ५ लाख १  , उपबिजेतालाई १ लाख ५१ हजार १ रुपैया प्रदान गरिने जानकारी दिनुभयो ।  प्रतियोगितामा काठमाडौं, हेटौडा, झापा, रुपन्देही लगायतका राष्ट्रिय स्तरमा खेल्ने आठ वटा समूहको सहभागिता रहने छ । सर्वाधिक राशीको फुटबल प्रतियोगिता महोत्तरीको इतिहासमै पहिलो पटक हुने आयोजकले जनाएका छन् ।  प्रतियोगिताको आवश्यक तयारी पूरा भइसकेको छ ।