विप्लवसहित चारवटा कम्युनिष्ट पार्टीले गरे ओली सरकारविरुद्ध रणनीतिक संयुक्त मोर्चा गठन (विज्ञप्ती सहित)

विप्लवसहित चारवटा कम्युनिष्ट पार्टीले गरे ओली सरकारविरुद्ध रणनीतिक संयुक्त मोर्चा गठन (विज्ञप्ती सहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १४, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स‌ंसद विघटन गरेका कदमका विरुद्ध नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चारवटा कम्युनिष्ट पार्टीबिच सरकारविरुद्ध रणनीतिक संयुक्त मोर्चा गठन गर्ने सहमति भएको छ ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), रिसिराम कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र विप्लवको पार्टीबिच त्यसका लागि सहमति भएको मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ।

‘केपी ओली सरकारको निरंकुशता, फासिवाद र दलाल तथा प्रतिवादी राज्यसत्ताविरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी चार पार्टीबीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ।