सहरमा अरुन्धती

सहरमा अरुन्धती

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३०, २०७५

काठमाडौं । राज्यसत्ता र मूलधारको विचार पंक्तिमा सधैं विद्रोहीझैं उभिने भारतीय लेखक अरुन्धती रोय योपटक काठमाडौं आएको र गएको धेरैले पत्तो पाएनन् । 

संसारभरका ३ सयभन्दा बढी महिलावादी विचारक र अभियन्ताको ग्लोबल कन्फरेन्समा फ्रमुख वक्ता बनेर काठमाडौं आएकी अरुन्धतीले सोल्टी होटलको मञ्चमा शुत्रबार उभिनासाथै आफ्नो बेस्टसेलर उपन्यास ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस’ (२०१७) हातमा लिएर भनिन्, ‘यो खुसीको कुरा हो, यो उपन्यास विश्वका ५० भाषामा अनूदित भइसकेको छ । र, यो पनि यहाँ उभिएर भनौं, ५१ औं भाषा नेपालीमा पनि यो उपन्यास अनूदित भएर आउँदै छ ।’ यो उपन्यास ‘अपार खुसीको कुटुम्ब’ नाममा सांग्रिला बुक्स इन्डियाबाट प्रकाशित हुँदै छ । पुस्तकको अनुवाद सिलिगुडीका कवि राजा पुनियानीले गरेका हुन् ।

सन् १९९७ मा प्रकाशित ‘गड अफ स्मल थिङ्स’ उपन्यासका लागि प्रतिष्ठित बुकर पुरस्कार पाएकी अरुन्धतीले त्यो कृतिले पुरस्कार पाउनुअघि भारतीय समाज र विशेषतः विशिष्ट तप्कामा निकै आलोचना खेपेकी थिइन् । उनलाई ‘गड अफ स्मथल थिङ्स’ पुस्तकको अन्तिम परिच्छेदमा पुगेर ‘सेक्सुवल लभ’बारे लेखिएको, समाज भड्काउने उच्छृङ्खल कुरा लेखिएको, सेक्स सम्बन्धको नचाहिँदो रूप देखाइएको भन्दै एउटा समूहले गालीगलौजगरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।