मुख्यमन्त्री लालबावु राउतद्वारा उधौली लगायतका विभिन्न पर्वमा हार्दिक शुभकामना

मुख्यमन्त्री लालबावु राउतद्वारा  उधौली लगायतका विभिन्न पर्वमा हार्दिक शुभकामना

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १५, २०७७

जनकपुर । मुख्यमन्त्री लालबावु राउतले  किरात समुदायको उधौली पर्व, गुरुङ समुदायको तमु ल्होसार, नेवार समुदायको योमरीपुन्ही र हिन्दू धर्मालम्बीको धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा नेपालका विविधतायुक्त मौलिक पर्वले देशवासीमा आपसी सद्भाव, हार्दिकता र सहिष्णुतासहितको समतामूलक समाज निर्माणमा उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।