विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टा तथा संस्थालाई लेखनाथ पुस्तकालयद्वारा सम्मान

विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टा तथा संस्थालाई लेखनाथ पुस्तकालयद्वारा सम्मान

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष १५, २०७७

झापा । नेपाली भाषा र साहित्य क्षेत्रका विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टा तथा संस्थालाई लेखनाथ पुस्तकालयले सम्मान गर्ने भएको छ । पुस्तकालय समितिको आज बिहान बसेको बैठकले ‘श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान’ हास्यव्यङ्ग्य कवितामा योगदान पुर्‍याएवापत कनकाई नगरपालिकाका कोमलप्रसाद पोखरेललाई ५१ हजार १११ रुपैयाँ सहित प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै ‘श्यामकृष्ण कामाक्ष श्रेष्ठ साहित्य सम्मान’ इलामका सोमप्रसाद निरौला, ‘भक्तिकिरण साहित्य सम्मान’ दमककी  सुमित्रा वाङ्देल चेली, ‘चूडामणि रेग्मी झर्रो साहित्य पुरस्कार’ काँकरभिट्टास्थित सुसेली साहित्य परिवार र ‘छन्दोबद्ध कवि सम्मान’ मेचीनगरकी शिशा थारुलाई दिइने भएको छ । 

ती पुरस्कारको राशि क्रमशः १५ हजार रुपैयाँ, छ हजार रुपैयाँ, २५ हजार रुपैयाँ र  एक हजार रुपैयाँ रहेको पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले बताउनुभयो । विसं २०७७ का लागि ती पुरस्कार कविशिरोमणि लेखनाथ जन्मजयन्तीका अवसरमा प्रदान गरिने जनाइएको छ ।