प्रदेश न‌ं ३ संसदीय दलको नेतामा शाक्य !

प्रदेश न‌ं ३ संसदीय दलको नेतामा शाक्य !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १५, २०७७

मकवानपुर । प्रदेश न‌ं ३ संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको  दाहाल–नेपाल सूमहले जानकारी दिएकाे छ । सो विषयमा  दाहाल–नेपाल सूमहले प्रदेशसभा सचिवालयलाई जानकारी गराउने भएको छ ।

पुस ९ गते पार्टी मुख्यालय पेरिसडाँडामा बसेको दाहाल–नेपाल सूमहको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको भए पनि त्यस विषयमा प्रदेशसभा तथा मुख्यमन्त्री डोरमणि पौडेललाई भने जानकारी गराएको थिएन ।

बुधबार वाग्मती प्रदेशको प्रस्तावित मुख्यमन्त्री शाक्यले बोलाएको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो । बैठकले मुख्यमन्त्री रहेका पौडेललाई नेकपा संसदीय दलको नेताबाट हटाइएको विषयमा प्रदेशसभा सचिवालय र मुख्यमन्त्री पौडेललाई जानकारी गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई कारबाही गर्दै पदमुक्त गरेपछि दाहाल–नेपाल समूहको बैठक बसेको हो ।