अवैध काठसहित अटोरिक्सा चालक पक्राउ

अवैध काठसहित अटोरिक्सा चालक पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  पुष १६, २०७७

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ । अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन वटा गोलीया (७ दशमलव ३९क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको हो ।

अटोरिक्सामा काठसहित पक्राउ परेका सार्कीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।