सुन प्रतितोला १०० रुपैयाँले ओरालो लाग्यो

सुन प्रतितोला  १०० रुपैयाँले ओरालो लाग्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १६, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला  ९२ हजार ३०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन प्रतितोला  ९१ हजार ८५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला  ९१ हजार ९५० रुपैयाँमा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा १०० रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला एक हजार २०० रुपैयाँमा कारोवार भएको छ ।