चितवन साहित्य परिषदद्वारा साहित्य पुरस्कारका लागि स्रष्टा छनोट

चितवन साहित्य परिषदद्वारा साहित्य पुरस्कारका लागि स्रष्टा छनोट

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष १६, २०७७

चितवन । चितवन साहित्य परिषदले स्थापना गरेका विभन्न तीन वटा साहित्यिक पुरस्कारको लागि स्रष्टा चयन गरिएको छ  । परिषद्ले यसवर्षको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार  आख्यानकार प्राज्ञ माया ठकुरी, चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार आख्यानकार मीनराज वसन्त र चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार आख्यानकार नानी बिभुलाई अर्पण गर्ने जनाएको छ । 

परिषद्का अध्यक्ष  सुरेन्द्र अस्तफलको अध्यक्षतामा बसेको बैठकले वसन्तको ‘पिपिरी’ र विभुको ‘अनुक्रोश’ उपन्यासका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको १३७औँ जन्मजयन्तीको अवसर पारेर आगामी शनिबार  विशेष साहित्यिक कार्यक्रम गरी पुरस्कार समर्पण गरिने परिषद्ले जनाएको छ । ती पुरस्कारको राशि जनही  १५ हजार पैंतालीस र सम्मानपत्र रहेको परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।