सबैभन्दा ठूलो ग्वाला जेष्ठ नागरिक रघुको निधन

सबैभन्दा ठूलो ग्वाला जेष्ठ नागरिक रघुको निधन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३०, २०७५

राजविराज । नेपालको सबैभन्दा ठूलो भैंसी पालक (ग्वाला) जेष्ठ नागरिक रघु बहरखेर यादवको सप्तरीमा निधन भएको छ ।

 सप्तरी जिल्लाको तिरहुत निवासी रघु बहरखेरले विगत लामो समद देखि कोसी टप्प क्षेत्रमा गाईभैंसी र अर्ना पालन गर्दै आएका थिए । हाल पनि  कोसी टप्पुमा क्षेत्रमा दशौं  हजारको संख्यामा गाईभैंसी र अर्ना पालिरहेका छन ।

लमो समयदेखि विरामी रहनु भएका रघु बहरखेर सबैभन्दा ठूलो भैंसी पालक किसानमात्र होइन सम्भवत नेपालकै सबैभन्दा जेष्ठ नागरिक १ सय ३१ वर्षमा मृत्यू भएको हो ।  

सप्तरीको तिरहुत गाउँपालिका वडा नं १ बस्ने त्रिकौल धनपुरी निवासी रघु बहरखेर यादवको निधन भएको हो ।