दरबार हत्या काण्डको रात

विज्ञान कथा भाग- 6

दरबार हत्या काण्डको रात

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत्र ३०, २०७५

म र मेरो जर्मन मित्र हारेका जुवाडे झैं ‘रेस्टुरेन्ट’बाट ‘गेष्टहाउस’तिर गइरहेका थियौ । देवराजसँगै हामी भित्रको कुनै तत्व पनि हामीलाई छाडेर गए जस्तो अनुभव भईरहेको थियो । मित्रले आफ्नो पतिलाई फोन गरेर आफूले जहाज मिस गरेकोे जानकारी गराए पश्चात हामी गेष्टहाउसको कोठामा पस्याै‌ । 

मित्रले सारा लुगा फुकालेर पलंगमा पद्मासनमा बसी ध्यान गर्न थालिन । म कोठा बाहिरको ग्यालरीमा गएर चुरोटको धुवासँगै आज घटेका सबै परिदृश्यबारे मन्थन गर्न थालें । म बाहेक सारा संसारका लागि निलोत्तमा उस्तै थिईन, उनी स्वयंका लागि पनि केही घटेको थिएन उनको जीवनमा । रहस्यको समस्त भारी त मेरो १ किलो ५ सय ग्रामको मस्तिष्कले बोक्नु परिरहेको थियो । के म यस पहाड भन्दा पनि ठूलो रहस्यलाई थाम्न सक्छु ? यो रहस्य लिएर ‘नार्मल’ हुनसक्छु ! चुरोट माथि चुरोट उडाएर पनि केही बुझ्न सकिरहेको थिइन् । ‘क्लोन’ निलोत्तमासँग उनको घर, परिवार, आफन्त, मित्र कसैलाई केही समस्या हुन्न । म बाहेक सबैका लागी त उनी पुरानै, पहिलाकै हुनेछिन, तर म आफ्नो मस्तिष्कबाट उनी पुरानोको नयाँ संस्करण हुन भन्ने संज्ञान कसरी मेटाउन सक्छु ? 

तिमी के रातभरी बाहिरै बस्छौ आज ? मित्रको आवाज सुनेपछि म कोठामा आए । 

हेर, देवराजसँगको भेट र उहाँसग बिताएको समय हाम्रा लागि बिर्सन नसक्ने अमूल्य धरोहर 

हो । तर अहिले हामी जुन रुपमा छौं त्यहाँ त्यो अब स्मृति मात्र हो, हामीले बाँचुन्जेल त्यो स्मृतिको उपयोगले आफ्नो वर्तमान सुधार्नु पर्छ । स्मृतिलाई वर्तमान बनाउनु हुन्न । म तिमीलाई त्यो स्मृतिबाट वर्तमानमा फर्किन सहयोग गर्छु । 

शायद तिमी ठीक भन्दै छौ, तर यति छिट्टै स्मृतिबाट मुक्त कहाँ हुन सकिन्छ ? 

हामी प्रयास त गरौं । ल हामी देवराजले सिकाएको कामक्रीडाबाट आफूलाई ‘नार्मल’ बनाउने युक्ति गरौं । आऊ मेरो नजिक आऊ । 

म कोठा बाहिरको ग्यालरीमा गएर चुरोटको धुवासँगै आज घटेका सबै परिदृश्यबारे मन्थन गर्न थालें । म बाहेक सारा संसारका लागि निलोत्तमा उस्तै थिईन, उनी स्वयंका लागि पनि केही घटेको थिएन उनको जीवनमा । रहस्यको समस्त भारी त मेरो १ किलो ५ सय ग्रामको मस्तिष्कले बोक्नु परिरहेको थियो । के म यस पहाड भन्दा पनि ठूलो रहस्यलाई थाम्न सक्छु ? यो रहस्य लिएर ‘नार्मल’ हुनसक्छु !

म उनी बसेको पलंगमा गई खुट्टा झुण्डाएर बसे । 

हामी संयुक्त मन्त्र जापबाट प्रारम्भ गर्छौ भनि उनी मेरो लुगा खोल्न थालिन ।     

म निर्वस्त्र पंलगमाथि पद्मासनमा बसें । उनी पद्मासनको मुद्रामाथि आफ्नो दुबै खुट्टा मेरो कम्मरका पछाडि जोडेर बसिन् । हामी दुबैको अनुहार यति नजिक थियो कि हामी एक अर्काको श्वास प्रतिश्वास आफ्नो अनुहार मै अनुभव गरिरहेका थियौं । मेरो दुबै हातले उनको कम्मर बेरेका थिए, उनका हातले मेरो गर्दन । कामक्रीडाको यो एउटा मुद्रामा बेरिएका थियौं हामी । केही बेर पछि दुबैजनाले आफ्ना हातलाई ‘फ्री’ छाडीदियौं । अब श्वासबाट हामी संयु्क्त हुने उपक्रममा लाग्यौं । रेचक, पूरक, कुम्भक यो अभ्यास थिएन यो । हामी सहज लयमा श्वास लिईरहेका थियौं । लय थियो, मैले श्वास छाड्दा उनले लिने र उनले छाडदा मैले ग्रहण गर्ने । केही मिनेटको यस अभ्यास पछि ओम जाप गर्यौं, एकपटक मैले ओम ध्वनित गर्ने, र मैले जहाँ पूर्ण गरेें त्यहींबाट उनले प्रारम्भ गर्ने । हामी कामयोग, अथवा कामतन्त्रमा लिन हुँदै गइरहेका थियाैं । उनको शरीर स्पर्शमा मलाई नौलो अनुभव भइरहेको थियो । हुन त मलाई थाहा थियो त्यो शरीरमा पहिलो स्पर्श नै मेरै भइरहेको छ । 

विस्तारै उनले मलाई उत्तेजित बनाउने उपक्रम गर्न थालिन । स्पर्श, मर्दन, चुम्बन, चोषण गरेर उनी शवलाई चैतन्य शिव बनाउने साधना गर्दै थिइन् । म पनि यो साधनामा उनलाई बेदी सम्झेर आहुति सम्पन्न गर्दै थिए । उनको शरीरको एक एक अंग कामाग्निले छचल्की रहेको थियो । त्यो देह, त्यो अग्नि दुबै सर्वथा अस्पर्शित थिए । शवलाई शिव बन्न खासै समय लागेन । उनले विस्तारै आफ्नो शरीरको ‘व्यालेन्स’ मिलाएर प्रकृतिले नर–नारी चुम्न हुने जुन प्रक्रिया निर्दिष्ट गरेको छ हामी त्यो युग्ममा आसीन भइसकेका थियौ । महत्वपूर्ण चरणमा प्रवेश भइसकेको थियो, अब कुनै शारीरिक हलचल नगरिकन मैले उत्तेजनालाई बरकरार राख्नु थियो । 

 मलाई आँखा बन्द गरेर, समस्त शरीरलाई निश्चल तथा सजग राखेर कल्पनाले कामव्रmीडामा निमग्न भएर उत्तेजना कायम राख्नु थियो, जुन संसारभरकै कुनै पनि नरका लागी (जसले यस तन्त्रको अभ्यास गरेको छैन) असंभव प्रायः छ । 

यस प्रयोग भरी उनले आफ्नो शरीरमा भित्र मेरो उपस्थिती ‘फील’ गर्नु यस तन्त्रको लक्ष्य थियो । साथै उत्तेजनामा नियंत्रण राख्नु पनि, स्खलन रोक्नु पनि अनिवार्य थियो । उनले ‘अर्गाज्म’ ‘फील’ गर्नु यस प्रयोगको चरम थियो ।

झण्डै बीस मिनेटपछि उनको शरीरमा कम्पन र अनुहारमा रक्तिमा छायो । उनी ‘अर्गाज्म’ मा पुगी सकेकी थिईन् । ‘ओह डियर, थैंक्स यू गेभ मी व्हाट आई विश’ भन्दै उनी मसँग टास्सिन आईपुगिन् । विस्तारै हामीले मुद्रा ‘चेन्ज’ गर्यौं, अब म सुप्त बज्रासनमा थिएँ, उनी मेरोमाथि । यसरी नै हामी तीन घण्टा विभिन्न आसनमा ‘सेक्स रिचुअल्स’ गर्दै रह्यो । समापनमा दुबै शवासनमा पल्टियांै । केही मिनेटमै म योगनिद्रामा लीन हुनपुगें ।

बाहिरको हल्लाले म योगनिद्राबाट ब्युँझिए, बाहिर निकै हल्ला भइरहेको थियो । मित्रलाई पनि बाहिरको हल्लाले ब्युँझायोे । उनले सोधिन, ‘कस्तो हल्ला हो यो, के भएको ?’ 

थाहा छैन, म बाहिर गएर बुझेर आउँछु भनी लुगा लगाएर गेष्टहाउसको काउन्टरमा गएँ । त्यहाँ दस बारह व्यक्ति उभिईरहेका थिए । मैले सोधें के भएको ? 

दरबारमा गोली चल्या रे, धेरै जना मारिएको हल्ला चलेको छ, स्पष्ट केही थाहा हुन सकेको छैन, काउन्टरमा बसेका व्यक्तिले जवाफ दिए । 

समय हेरें, रात्रिको १२ बजेको थियो । धेरै पत्रकार साथीहरु अहिले कार्यालय मै होलान् । उनीहरुलाई फोन गरेर सोध्ने निधो गरें । सबै ठाउँमा फोन गरेर यति मात्र बुझ्न सकियो– कैयन राउण्ड गोली चलेको छ, राजपरिवार नै परेको आशंका छ । स्पष्ट केही थाहा हुन सकेन । 

त्यहाँ उपस्थित सबै व्यक्तिलाई घटना घटेको हो तर विवरण आउन बाँकी रहेको भनि म आफ्नो कोठातिर लागें ।

   के भएको रहेछ, मित्रले सोधिन् । 

नेपालको ‘प्यालेस’ मा गोली चल्यो, धेरैजना गोलीको शिकार बने, तर अरु विवरण भने ज्ञात हुन सकेको छैन । मैले छोटकरीमा भनें ।  

  ‘ओह, नाउ आई अन्डरस्ट्याण्ड अल स्टोरी’ मित्रले भनिन् । 

यस्तो के बुझ्यौ तिमीले ? 

देवराजले मलाई जर्मन फर्किने सल्लाह किन दिनुभएको थियो, अनि किन रोक्नु भयो यो जम्मै प्रकरण बुझें । 

‘मलाई पनि त भन’ मैले डर मानी मानी सोधें । कतै यिनलाई सारा रहस्य त थाहा भएन ! 

तिम्रो राजाको हत्या भयो, अरु पनि धेरै जना मारिए होलान । देवराजलाई यसबारे थाहा थियो । राजाको हत्याले देशमा राजनीतिक स्थिति बिग्रन्छ, त्यसैले उहाँले मलाई फर्किन भन्नु भएको रहेछ । 

 तिमी यति दावीसँग कसरी भन्न सक्छौ कि राजा नै गोलीकाण्डको शिकार बनेका छन् ? 

म अरु केही जान्दिन, मेरो बुझ्ने दृष्टिकोण फरक छ । अब हेर स्वर्गको राजाले नेपालमा जन्मलिंदा राजतन्त्रलाई हित भएको थियो, भने स्वर्गको राजा फर्किंदा त्यसको असर त यहाँको राजालाई नै पर्ने हो ! 

 तिमी त मैडम ब्लावत्सकी जस्तै बोली रहेकी छौ ? 

अर्को कुरा सुनेर त तिमीभित्र भुइँचालो जान्छ । त्यो सुन्नुपूर्व दुई कप कफी मगाउ । 

राति १२ बजेपछि कफी, के तिमीले आज सुत्नु छैन ?

उनले मलाई आफूतिर तानेर चुम्बन गर्दै भनिन्, छैन आजको रात सुत्नु छैन, तिमीसँग प्रेम गर्दै विताउनु छ

 मेरो मनमा चिसो पस्यो, कहीं यिनलाई सबै रहस्य त ज्ञात भएन् । उनको आलिंगनबाट मुक्त हुँदै मैले भनें, म काउन्टरमा कफीका लागि फोन गर्छु र मलाई केही खाने पनि इच्छा छ, तिमी केही खान्छौ ? 

 तिमीलाई साथ दिन म जे पनि खान्छु । 

म सोध्छु, यति खेर के पाउन सकिन्छ । गेष्टहाउसको ‘रेष्टुरेन्ट’ ले मोमो र चाउमीन बाहेक केही हुन नसक्ने भन्यो । मैले एक प्लेट मोमो, एक प्लेट चाउमीन र दुईवटा कफी अर्डर गरेर फोनको छेवैको कुर्सीमा टाउको अड्याएर बसें । 

  पाइन्छ भने त मलाई ‘शैम्पेन’ खाने मूड छ, मित्रले भनिन् । 

तिमीलाई ‘मूड’ छ भने म जसरी पनि उपलब्ध गराउँछु, साँच्चै खाने हो ? 

‘यू आर माई रियल हीरो’ । ‘प्लीज शैम्पेन’ व्यवस्था गर । 

मैले ‘काउन्टर’ मा फोन गरेर ‘टासी’ लाई मेरो कोठामा पठाई दिन भनें । उनी आएपछि मैले उनलाई के अहिले ‘शैम्पेन’ पाउन सकिन्छ भनेर सोधें । 

हामी कहाँ त छैन हजुर, बाहिर बजार पनि बन्द भईसक्यो, टासीले भने । 

टासी यो त मलाई पनि थाहा छ, केही नयाँ कुरा गर, बरु कुन कुन होटेलमा शैम्पेन पाइन्छ त्यो भन । 

वैशाली र मनाङ्गमा पाईन्छ हजुर, उनले भने । 

मैले उनलाई तीन हजार रुपैंया दिंदै भने, एक बोतल जसरी भएपनि लिएर आउ, जति परे पनि तिरेर ल्याउ र बाँकीको पैसा तिमीलाई नै भयो । टासी हुन्छ हजूर भनी उठेर गए । यतिकै मा हाम्रो खाने कुरा आईपुग्यो । मित्र पनि पलंगबाट उठेर अर्को कुर्सीमा आएर बसिन् । 

तिम्रो ‘शैम्पेन’ मगाउने ‘आईडिया’ मलाई मन पर्यो, अब उसले जहाँबाट भएपनि खोजेर नै ल्याउँछ । दुबै जनालाई भोक लागेकै रहेछ भन्ने हाम्रो खाने गतिले जनायो । 

यो समय अचानक ‘शैम्पेन’ खाने ‘मूड’ कसरी बन्यो तिम्रो ?

   होइन, तिमीले ‘वुमैन साइक्लोजी’ मा ‘मास्टरेट’ नै गरेका छौ कि क्या हो, मित्रले भनिन् । 

यसमा ‘मास्टरेट’ गरेको नगरेको के प्रसङ्ग ? 

प्रसङ्ग छ, ‘माई डियर ब्याचलर’ तिमीले बुझ्दैनौ । अब हेर अहिले मेरो पति यहाँ भएको भए, मैले ‘शैम्पेन’ खाउँ भन्नासाथ, यति राति, अहिले कहाँ पाइन्छ, भोली खाउँला आदि आदि कुरा हुन्थे पहिला । अनि मैले हठ नछाडे पछि अन्तमा उनी ‘शैम्पेन’ व्यवस्था गर्नतिर लाग्थे । तिमीले ठीक उल्टा गर्यौ, जुन प्रत्येक महिला चाहन्छ । पहिला तिमीले ‘शैम्पेन’ को व्यवस्था गर्यौ र त्यसपछि सोध्यौ, ‘शैम्पेन’ को ‘मूड’ कसरी भयो । 

 मैले यो सब यति लामो सोचेर गरेको होइन् । न त तिमी महिला भएर गरेको हुँ, मित्रको चाहना मात्र पूरा गरेको हुँ, तिम्रो सट्टा पुरुष मित्र भएको भए पनि यही नै गर्थें ।

तिमीले सारा ‘रोमान्स’को ‘पोस्टमार्टम’ गरिदियौ । पागल प्रेयसीले ‘कम्प्लीमेन्ट’ दिंदा झुटोे भएपनि ‘कम्प्लीमेन्ट’ नै चाहन्छे प्रत्युत्तरमा ! यथार्थ होइन ।

 तिमी ब्राह्मणपुत्र, ब्रहमनिष्ठ, सत्यार्थी र वैज्ञानिक ‘भिजन’ युक्त युवकबाट ‘कम्पलीमेन्ट’ को अपेक्षा गर्दैछौ वालिके ! 

मेरो शब्दचयन र भाव संप्रेषणबाट उनी मुक्त कण्ठले हाँसिन, म पनि हाँसे । 

टासी ‘शैम्पेन’ लिएर आईपुगे, उनको मुखमा विजेताको भाव थियो, मानौ सोझै ‘एभरेष्ट’ चढाई पश्चात आएका हुन् । टेबुलमा ‘शैम्पेन’ राखेर उनी गए । 

मित्रले उठेर ‘शैम्पेन’ को बोतल हातमा लिई जर्मन फुटबल टीमका विश्वकप विजेता कैप्टनका झंै बोतल हल्लाइन र एक्कासी बोतल खोलेर मतिर फर्काई दिईन र विजयी भावमा भन्न थालिन्, ‘हयाप्पी न्यू लाइफ टू मी, ह्याप्पी न्यू लाइफ टु मी’ ।

 म शैम्पेनले निथ्रुक्कै भिजेको थिएँ ।  

त्यसपछि बोतल उनले आफ्नो जिउमा खन्याइन । झण्डै आधा भन्दा बढी बोतल हामी दुबैको जिउमा पोखिएको थियो । त्यसपछि उनले बोतल नै मेरो मुखमा लगाईदिन र फेरी आफू पनि बोतलबाटै पिउन थालिन् । बोतल टेबलमा राख्दै उनले भनिन् । 

आज मेरो नयाँ जन्म हो, बुझ्यौ तिमीले ! आफ्नो नयाँ जन्म म ‘शैम्पेन’बाट ‘सेलिब्रेट’ गर्न चाहन्थें । थाहा छ तिमीलाई जुन ‘प्लेन’ बाट म जर्मन जान लागेकी थिएँ त्यो ‘क्रयश’ भयो, थ्यांक्स देवराज हजुरले मलाई बचाउनु भयो ।

  तिमीले ‘प्लेन क्रयश’ भएको कसरी थाहा पायौ । मैले त तिमीलाई भनेको थिइन ।

  ‘व्हाट’ तिमीले मलाई भनेका थिएनौ ? तिमीलाई ‘क्रयश’ बारे थाहा छ र ? मैले त तिमीले होहल्ला बुझ्न बाहिर जाँदा टी.भी. खोल्दा थाहा पाएँ । तिमीले भर्खर मैले भनेर थाहा पाएका 
होइनौ ? ‘व्हाई मैन्स आर अलवेज इन सुपिरियरटी कम्प्लेक्स ?’ 

  ‘इन्फरमेसन’ पहिला पाउनुमा ‘कम्प्लेक्स’ को कुरा किन हाल्छौ ? कुनै जानकारी तिमीलाई पहिला हुनसक्छ, कुनै मलाई । 

  यो ‘प्लेन क्रयश’बारे पहिला मलाई जानकारी भएको हो । तिमीलाई ‘क्रयश’ को जानकारी भर्खरै मैले दिएकी हुँ । हो कि होइन भन त ? 

  हो, टिभीबाट प्रसारित जानकारी पहिला तिमीले पाएकी हौं यसमा कुनै सन्देह छैन तर......

तर के ? टिभीबाट ‘ब्रेकिंग न्यूज’ मैले नै हेरेकी हुँ । 

तिमीलाई ‘प्लेन क्रयश’ बारे मात्रै थाहा छ, मेरा लागि के–के ‘क्रयश’ भयो त्यो मलाई र देवराजलाई मात्रै थाहा छ । ‘प्लेन क्रयश’ तिमी देवराजका लागि ‘केक’ लिन जाँदा नै भइसकेको थियो । खासमा ‘प्लेन क्रयश’ बारे चर्चा गर्न नै देवराजले तिमीलाई ‘केक’ लिन पठाउनु भएको  थियो । 

के ?तिमी साँचो भन्दै छौ ?? 

तिमीले भोलि ‘क्रयश डिटेल’ आए पछि थाहा पाइहाल्छौ, ‘क्रयश’ कुन बेला भएको थियो । 

उनको शरीरको एक एक अंग कामाग्निले छचल्की रहेको थियो । त्यो देह, त्यो अग्नि दुबै सर्वथा अस्पर्शित थिए । शवलाई शिव बन्न खासै समय लागेन । उनले विस्तारै आफ्नो शरीरको ‘व्यालेन्स’ मिलाएर प्रकृतिले नर–नारी चुम्न हुने जुन प्रक्रिया निर्दिष्ट गरेको छ हामी त्यो युग्ममा आसीन भइसकेका थियौ । महत्वपूर्ण चरणमा प्रवेश भइसकेको थियो, अब कुनै शारीरिक हलचल नगरिकन मैले उत्तेजनालाई बरकरार राख्नु थियो ।

  तिमीले पहिला नै मलाई किन भनेनौ ?

 इशारामा भनेको त हो, तिमीलाई जर्मन फोन गर्न लाएकै हो । ‘डिटेल’ मा भोली भन्ने ‘प्लान’ गरेको थिएँ । 

अहिले नै सबै खुलस्त गर, म अहिलै नै सुन्न चाहन्छु । 

अन्तिम समयमा आएर देवराजलाई ‘प्लेन क्रयश’ हुने संज्ञान भयो, अनि हामीले आएर तिमीलाई ‘एअरपोर्ट बाट फर्काएर ल्यायौं । तिमीलाई केही थाहा नहोस भनेर देवराजको लीलाले तिमी जस्तै महिला बनाएर उसलाई अगाडि सारेर हामी तीनै जना फर्कियौं, होइन् र ? 
हो, यहाँसम्म त मलाई थाहा छ । 

 देवराजलाई ‘प्लेन क्रयश’ हुन्छ भन्ने थाहा भयो । उहाँले त्यो कुरा तुरुन्तै तिमीलाई भन्न उचित ठान्नु भएन र तिमीलाई ‘केक’ लिन पठाएर मसँग विमर्श गर्नुभयो । मेरो एक जना साथी पनि त्यो प्लेनमा यात्रा गर्दै थिइन् । 

के देवराजले उनलाई बचाई दिनुभयो ? 

बचाउनु भएन, उहाँले उसको नियति त्यै हो भनेर मान्नु भएन र मलाई पनि हठ त्याग्न भन्नु भयो । 

त्यसो भए मलाई किन बचाउनु भयो ? 

किन बचाउनु भयो, यसबारे म के भन्न सक्छु ! वा उहाँले अन्य के लीला रच्नु भयो हामीलाई के थाहा हुनु !! मैले वाकचातुर्यतापूर्वक ‘क्लोन’ को सारा प्रकरण र रहस्य लुकाएँ ।     

 मलाई थाहा छ तिमी झुटो बोल्दैनौ, तर कहीँ केही कुरा ‘मिस’ भइरहेको छ, यो सारा घटनाक्रममा । 

मेरा लागि त सारा घटनाक्रम नै ‘मिस’ भइरहेको छ, यो सारा घटनाक्रममा । भनौं सारा घटनाक्रम नै ‘मिस’ भइरहेको छ । अरु पनि धेरै कुरा ‘मिस’ भएको छ सँधैका लागि । 

त्यो तिम्रो साथी को थियो ‘प्लेन’मा ? के पुरानै साथी हो  ? 

सत्य बोलेर पनि, चाहेको सत्य मात्र सुनाउने, चाहेको सत्य, सत्य बोल्दा पनि पर्दामा राख्नसक्ने कलाको ज्ञान त श्रीकृष्णले युधिष्ठिरलाई ‘अश्वस्थामा हतो हतः बाटै जन्माएका हुन् । त्यै ज्ञान र कलाको उपयोग गर्दै मैले भनें–  तिमी नै त थियौ त्यो साथी । 

म कसरी थिएँ, म प्लेन नचढी फर्किएको हो ? 

तर तिमीले ‘बोर्डिंग पास’ र ‘ब्याग’ आफू जस्तै कसैलाई जिम्मा लाएको होइन् ? 
होऽ तर त्यो त देवराजको ‘ब्लैक म्याजिक’ बाट बनेकी महिला होइनन् र ? 

  हो, ‘ब्लैक म्याजिक’ बाट त तिमी जस्तो देखिएकी हो, तर ‘रियल’ मा कुनै न कुनै स्त्री त थिइन् । वास्तवमा ती मेरो अति मिल्ने साथी थिइन्, तिम्रो सट्टा तिनै ‘प्लेन’मा चढेकी थिइन् । 

 ओह, ‘आई सी’ । उनको मृत्यु त्यसरी पो लेखिएको रहेछ ‘प्लेन क्रयश’मा !

हो, तिमीले ठीक बुझ्यौ । 

अनि मेरो सबै सामान कसरी आइपुग्यो त ?

 ‘प्लेन क्रयश’ हुनु पूर्व नै देवराजले ल्याउनु भयो । मैले ‘प्लेन क्रयश’मा दिवंगत भएकी आफ्नो साथीको भोली पशुपतिमा गएर अन्तिम संस्कार गर्नु छ । के तिमी मसँग जान्छ्यौ ?     

जसले गर्दा मेरो प्राण बच्यो, म उसलाई निश्चय पनि श्रद्धाञ्जली अर्पित गर्न तिमीसँग जान्छु । 

अब तिमीले मैले कोठामा आउन साथ ‘ग्यालरीमा’ उभिएर चुरोट माथि चुरोट खाएको कारण बुझ्यौ कि ? 

मित्रले स्वीकृतिमा टाउको हल्लाइन र मेरो हात आफ्नो हातमा लिएर भनिन्, म तिमीसँग छु, मेरो प्रेमले तिमीलाई सारा घटनाक्रम बिर्सन सघाउँछ, विश्वास गर । 

 म तिमीलाई नै त ‘मिस’ गरिरहेको छु । मेरो यस वाक्यमा सारा घटनाक्रमको सार व्यक्त भएको थियो । 

याे पनि

स्वर्गदेखि ठमेलको कफिसपसम्म

पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म

‘ओह यो हो कीमिया’

महिला मित्र उनको क्लोन देवराज र म

प्लेन दुर्घटनामा मरेकी मित्र केक लिएर आइपुगिन् !