सुनको मूल्य ४०० रुपैयाँले लाग्यो उकालो

सुनको मूल्य ४०० रुपैयाँले लाग्यो  उकालो

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १७, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ४०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन प्रतितोला  ९४ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

प्रतितोला ९४ हजार १०० रुपैयाँमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।  यस्तै तेजाबी सुन प्रतितोला ९४ हजाररुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा ९३ हजार ६०० रुपैयाँ मा कारोेवार भएको थियो ।  चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा एक हजार ३०० रुपैयाँमा कारोवार भएको छ ।