चिनियाँ टोलीको भ्रमण उपलब्धि विहीन ! सकेसम्म पार्टी मिलाऊ, नमिले चुनावमा एक भएर जाऊ !!

चिनियाँ टोलीको भ्रमण उपलब्धि विहीन ! सकेसम्म पार्टी  मिलाऊ, नमिले चुनावमा एक भएर जाऊ !!

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १७, २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभाग उपप्रमुख कुओ यचौको टोलीको चार दिने नेपाल भ्रमण खास उपलब्धि विहीन भएको अनुमान गर्न थालिएको  छ ।  विभाजनलाई रोक्ने उद्देश्य लिएर आएको भनिएको टोलीले नेकपाका नेताहरूसँगको भेटघाटपछि निराश भएर फर्किएको छन् । जे अपेक्षा लिएर आएको थियो त्यो अपेक्षा पूरा नभएपछि नेकपाका नेताहरूलाई सकेसम्म एकता कायम राख नसके निर्वाचनमा मिलेर जान भन्ने सन्देश बाहेक अर्को कुनै शब्द खर्च नगरेको बताइन्छ । 

आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँगको संवाद गरेको चिनियाँ टोलीलाई 'पहिलो गाँस'  ढुङ्गा परेको थियो ।  राष्ट्रपति भण्डारीसँग  चिनियाँ टोलीको भेटघाटमा समेत ‌ओलीलाई प्रचण्ड नै दोषी भएको देखाइएको थियो  । अधिक कोसिस गर्दा पनि प्रचण्डले पार्टी विभाजन गराइ छाडेको र महाधिवेशनपछि एकल अध्यक्ष बनाउने प्रस्तावमा पनि प्रचण्ड सहमत हुन नसेका कारण उनीहरूले विभाजन रोजेको शैलीको जवाफ दिएको थियो ।

त्यस क्रममा राष्ट्रपतिको अभिभावकीय भूमिकाको मेलो मिलाउँदै नेकपा विभाजन हुनुको कारण जान्न चाहेको थियो । ‘महामहिमसँग चिनिया टोलीले नेकपाका नेताहरू विभाजित भएकै हुन कि मिल्न सक्ने केही ठाउँ बाँकी छ ? तपाईँको भूमिका केही हुनसक्छ कि भन्ने आशयको जिज्ञासा थियो’, राष्ट्रपति कार्यालयका एक अधिकारीले भने । त्यसमा आफ्नो भूमिका केही हुन नसक्ने जवाफ दिएपछि सवा घण्टामा चिनिया टोली फर्केर दूतावास पुगेको थियो । सोही दिन राती प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्री ओलीको समय मिलेका खबर पाएपछि बालुवाटार पुगेको थियो ।

यचौको टोलीलाई समय छैन भनेर पछि परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको विशेष अनुरोधमा प्रधानमन्त्री ओलीले राती मात्रै समय दिएका थिए । उनले सोमबारको लागि भन्दै भेटलाई पछि धकेल्न खोजेको भए पनि प्रधानमन्त्री ओलीले आइतबार नै राती बोलाएर उनीहरूको 'भ्रमणको मक्सद'  बुझेका थिए । परराष्ट्र मन्त्रालय समेत यो भ्रमणबारे औपचारिक रुपमा बेखर रहेका बेला ओलीले चिनिया टोलीलाई प्रचण्डले बोलाएको आशङ्का प्रधानमन्त्रीले गरेका थिए ।

बालुवाटार मा पनि सोही आशयको जिज्ञासा राखेको टोलीलाई प्रधानमन्त्री ओलीले मिल् नसक्ने आधार बाँकी रहेको आफूले कार्यकारी अधिकार मात्रै हटाएको अध्यक्ष कायमै राखेको जानकारी दिएको थियो । प्रधानमन्त्रीले यो नेकपाकै आन्तरिक मामिला भएकाले आफूहरू नै यसको समाधान गर्न सक्षम रहेको बताए घुमाउरो भाषामा चिनियाको सो जिज्ञासाप्रति कुरामा 'अनिच्छा' रहेको जनाउ दिएका थिए । 

प्रधानमन्त्री ओलीको सो धारणापछि चिनिया टोलीले नेपालमा सञ्चालित परियोजना र पिवा निर्माणमा चिनियाहरु सहयोगी रहने बताएका थिए । उनीहरूले भेटघाटकै अन्तिममा निर्वाचनमा चाहिँ दुवै पक्षहरू मिलेर जाँदा राम्रो होला भन्दै दक्षिणपन्थीहरुले टाउको उठाउन सक्ने भन्दै चिन्ता प्रकट गरेका थिए । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारसहित बसेका ओलीले चिनियाहरुलाई पार्टी विभाजन नभइसकेको र पार्टीभित्रको झगडा आन्तरिक भएकाले केही साथीहरू बाहिरिनु भएको भन्दै प्रधानमन्त्री टारेका थिए ।

आइतबारको भेटघाट फलदायी नभएपछि यचौको टोलीले सोमबार प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई भेटघाट गरेको थियो । त्यति बेला उनीहरूले एकै साथ बस्न नसक्ने भए मिलर निर्वाचनमा जान सि जिनफिङको सन्देश रहेको सुनाएका थिए । उनीहरूले प्रचण्ड, माधव र झलनाथलाई सकेसम्म मिलेर अघि बढ्न सुझाव दिएका थिए ।  
प्रतिनिधिसभा विघटन लगत्तै चिनियाँ राजदूत र होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनालसम्मलाई भेट गरेर यचौको टोली आउने जानकारी दिएकी थिइन । 

तर प्रधानमन्त्री ओलीले भने त्यस बेला राजदूत यान्छीलाई भेट नै दिएका थिएनन । प्रधानमन्त्री ओलीले राजदूत यान्छीलाई भेट नदिँदा उनी चिनियासँग टाढिएको सहजै अनुमान हुन्थ्यो । यचौको टोलीलाई समय छैन भनेर पछि परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको विशेष अनुरोधमा प्रधानमन्त्री ओलीले राती मात्रै समय दिएका थिए । उनले सोमबारको लागि भन्दै भेटलाई पछि धकेल्न खोजेको भए पनि प्रधानमन्त्री ओलीले आइतबार नै राती बोलाएर उनीहरूको 'भ्रमणको मक्सद'  बुझेका थिए । परराष्ट्र मन्त्रालय समेत यो भ्रमणबारे औपचारिक रुपमा बेखर रहेका बेला ओलीले चिनिया टोलीलाई प्रचण्डले बोलाएको आशङ्का प्रधानमन्त्रीले गरेका थिए । तर यचौको टोली भने नेकपालाई जोड्नका लागि कुनै रसायन काम लाग्छ भन्ने खोजीमा थियो । 

प्रधानमन्त्री ओलीले भारतीय रअ प्रमुख सामन्त गोयल, सेनाध्यक्ष मनोज मुकुन्द नरवणेदेखि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई सहजै भेट दिएको विषयमा चिनियाहरु जानकार नै रहेका थिए । चिनियाहरु भारतीयहरूको नेपाल भ्रमणबारे जानकार रहेका कारण पनि ओलीले चिनिया टोलीलाई सिधै अस्वीकार गर्न वा ढिलाइ गर्न असहज भएको थियो । आइतबार राती ओलीसँग भेटघाटपछि उनीहरू सोमबार बिहानको भेट प्रचण्ड र दिउसो माधव नेपाल तथा झलनाथ खनालसँगको भेट पनि उनीहरूको लागि फलदायी भएको थिएन । 

नेकपाका नेताहरुले यचौ टोलीसँग पार्टी विभाजनबारे एकले अर्को समूह दोषी रहेको देखाएर पन्छिएका थिए ।  मङ्गलवार उनीहरूले वामदेव गौतमसँग पनि भेटघाट गरे । गौतम एकताको सूत्रधार बन्न सक्ने उनीहरूको अपेक्षा भने कायमै रहेको स्रोतको दावी छ । अन्ततः  यचौ टोली सकेसम्म पार्टी  मिलाउन  भनेको र  मिलाउन नसके  चुनावमा एक भएर जाने सल्लाह दिएर गएको बताइन्छ ।