मङ्सिरे पूर्णे

मङ्सिरे पूर्णे

टेकबहादुर थापा  |  साहित्य  |  पुष १८, २०७७

उँधौली पर्व, ,मङ्सिरे पूर्णे
खस सम्राट् दैलेख झर्ने
गोठालाहरूले, गोठ बेँसी झार्ने
मष्टलाई पूजने मङ्सिरे पूर्णे ।
मुन्ठाइका धामीमा सबार भैइ,
दे ! गोसाईं महाराज आऊ ।। 

घण्टा र चमर हातमा हल्लाई
कलशको पानी शरीरमा खन्याइ
मुन्ठाइका धामी थानमा आया,
तमी गोसाईं सुबा दाइना भया ।
मुन्ठाइका धामीमा सबार भैइ,
दे ! गोसाईं महाराज आऊ ।।

तमिलाई भनी सेता बाबर पक्क्याउन लगाउला ,
नौली चामलको खीर बनाइ तमिलाई चढाउला,
गाब्या र आलन
तोड गोसाईं चढाउला,
मुन्ठाइका धामीमा सबार भैइ ,
दे ! गोसाइ महाराज आऊ ।।

देवता मास् जैका मुन्ठाइ रे ठुला,
तमी गोसाईं सुबा दाइना भया ।
सङ्ख र घण्टा तुही मष्ट चढाउला
नौली न्वागी तमिमा ल्याउला ।
मुन्ठाइका धामीमा सबार भैइ
दे ! गोसाइ महाराज आऊ ।

उँधौली पर्व, ,मङ्सिरे पूर्णे
खस सम्राट् दैलेख झर्ने ,
खसको पाइलो पछ्याउँदै आउने
मष्टलाइ पूजने मङ्सिरे पूर्णे र
मुन्ठाइका धामीमा सबार भैइ,
दे ! गोसाइ महाराज आऊ ।।

बेलायत