प्रभृति प्राणीहरूमा नानाविधि भाव 'म' बाट उत्पन्न हुने प्रभावहरु
पुष १८, २०७७

दशमोऽध्यायः
श्री भगवानुवाच –

 भूय एव महाबाहो श्रृणु ये परमं वचः ।
यत्तेऽहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया  ।। १ ।।

अन्वय र अर्थ – श्रीभगवानुवाच = श्री भगवान्ले भन्नु भयो, महाबाहो = हे महाबाहो ! प्रीयमाणाय = मेरा वचनरूपी अमृत पानबाट प्रसन्न भएका, ते (तुभ्यं) = तिमीलाई, अहं = म, हितकाम्यया = हितको इच्छाले, भूयः एव = फेरि पनि, यत् = जुन, परमं = परमात्मनिष्ठ, वचः = वाक्य, वक्ष्यामि = बताउने छु, मे = मेरो, (तत् वचः = त्यो वाक्य), श्रृणु = श्रवण गर ।

भावार्थ – श्री भगवानले भन्नु भयो  हे महाबाहो ! तिमीले मेरा कुराहरूमा प्रीतिको अनुभव गर्‍यौ, त्यसकारण म तिम्रो हितको कामना लिएर तिमीलाई फेरि पनि जुन परमात्मनिष्ठ वाक्य (कुरा) बताउने छु, मेरो त्यस वाक्यलाई श्रवण गर ।

विशिष्टार्थ –भगवान्ले सप्तम अध्यायको पहिलो श्लोकमा अर्जुनलाई जुन प्रकारले असंशय भएर समग्र भावले मलाई जान्न सक्नेछौ, त्यो सुन भनेर आफ्नो  विभूति–बल–शक्ति ऐश्वर्यादि गुण बताउन शुरु गर्नु भयो । सप्तममा – रसोऽहमप्सु कौन्तेय इत्यादि, अष्टममा – 'अधियज्ञोहमेवात्र' इत्यादि, र नवममा 'अहं क्रतुरहं यज्ञः' इत्यादि वचन समूहद्वारा अति संक्षपरूपमा आत्मस्वरूप वर्णन गर्नु भएको थियो, र नवमको शेषश्लोकमा त्यो आत्मस्वरूप लाभ गर्न प्रकरण पनि देखाउनु भएको थियो । शिष्य अर्जुनले त्यसैमा प्रीतिलाभ गरे । परन्तु अति संक्षेपमा वर्णन गरिएको थियो, सबै संशय निवारण नहुन सक्छ, त्यसकारण भगवान्ले आप्mना भक्त अर्जुनको भलाइका लागि फेरि पनि  परमात्मनिष्ठ वाक्य भन्नुहुन्छ ।

    न मे विदुः सुरगणाः प्रभवं न महर्षयः ।
    अहमादिर्हि देवानां महर्षीणाञ्च सर्वशः ।। २ ।।

अन्वय र अर्थ – सुरगणाः = ब्रम्हादिदेवताहरू, मे = मेरो, प्रभवं = उत्पत्ति, न विदुः = जान्दैनन्, महर्षायः अपि = भृगु आदि महर्षिहरू पनि, न (विदुः) = जान्दैनन्, हि (यतः) = किन कि, अहं = म, देवानां = देवताहरूको र, महर्षीणां = महर्पिहरूको च = पनि, सर्वशः = सबै प्रकारले, आदिः = मूल कारण हुँ ।

भावार्थ – देवताहरू मेरो उत्पत्ति बारे जान्दैनन्, महर्षिगण पनि जान्दैनन्, किन कि म सबै प्रकारले नै देवगण र महर्षिगणको आदि हुँ ।

विशिष्टार्थ – त्यो जुन विवस्वानको माथि पीठको  'म' हो, उसलाई देवताहरू जान्दैनन् किन कि तिनीहरू कर्मफलको भोक्ता हुन् । कर्मी होइनन् । जुन पुरुषहरू त्रिकालज्ञ, जगत् प्रपञ्चका बेत्ता छन् तिनीहरूलाई महर्षि भन्दछन्, तिनीहरू पनि मेरो त्यो  'म' अवस्थालाई जान्दैनन् । किन जान्दैनन् अब तिमी त्यसलाई हेर । कालत्रय र संसार विचार लिएर रहनाले तमीले चित्तधर्मको धर्मी भएर रहनु पर्ने हुन्छ, त्यसैले तिमी माथि उठ्न सक्ने छैनौ । माथि उठेपछि कर्मफल भोग र विचार शक्ति आदि चित्तक्षेत्रमा रहिरहन्छन् । जब तिमीले 'म' बाट मायाको अपसारण, 'म' र मायाको वीच विच्छिेद भूमिमा विवस्वानको प्रकाश, अनि विवस्वानबाट चित्तमा विम्बपात– यो सबै तिमीले अनुभव गरेका छौ, तब चित्त धर्मीमा त्यो सबै  जुन रहदैन त्यो तिमी वुझ्दछौ । किन कि यो सबै चित्तभन्दा धेरै माथिको कुरा हो । पुनः वास्तवमा  'म'  यी सबै भन्दा पनि माथि छ । तिमी कर्मी हौ, त्यसकारण तिम्रो कर्मबाट यी सबै अनुभवमा आएका थिए, परन्तु महर्षिहरू सर्वदा जगत्को कल्याणमा तत्पर रहनाले मेरो माथितिरको त्यस  'म' अवस्थालाई ग्रहण गर्दैनन् । परन्तु तिनीहरूमा त्यस अवस्थालाई गहण गर्ने शक्ति छैन, भन्ने हैन । अतः  'म' महर्षि र देवताहरूको पनि आदि हुँ ।

नास्ति, धारणा शून्यताको नाम धन हो । यी शब्दादि विषयहरूमा  मनको धारणा हुँदैन चन्चलता नै रहन्छ, त्यसकारण यी सबैको नाम धन हो । यो जुन तिम्रो धन हो, सबै असत् छ, किन कि यो परिणामी छ । यी सबैलाई सत्पात्रमा अर्थात् नित्य, अपरिणामी, परब्रम्हमा समर्पण गर्नुको नाम दान (पाँचौ अध्यायको १० औं श्लोक  'ब्रम्हण्याधाय' हेरौं) हो ।

    यो मामजमनादिञ्च वेत्ति लोकमहेश्वरम् ।
    असंमूढः स मत्र्येषु सर्वपापैः प्रमुच्यते ।। ३ ।।

अन्वय र अर्थ – यः = जुन मनुष्यले, मां = मलाई, अनादिं = अनादि, अजं = जन्मरहित, लोकमहेश्वरं = लोकका महान् ईश्वर, च = पनि, वेत्ति = जान्दछ, सः = त्यो, मत्र्येषु = मनुष्यहरूमा, असंमूढः = सम्मोहनले रहित भएको छँदो, सर्व पापैः = ज्ञात अज्ञात सबै प्रकारका पापहरूबाट, प्रमुच्येत = विमुक्त हुन्छ ।

भावार्थ – मलाई अनादि, अनन्त र सर्वलोकमहेश्वरका रूपले जसले जान्दछन्, मत्र्यलोकमा तिनीहरू मोहवर्जित भएर सबै प्रकारका पापहरूबाट विमुक्त हुन्छन् ।

विशिष्टार्थ – यस आदि अन्त विशिष्ट जगत्मा कुनै पनि अनादि हुँदैन, एकमात्र 'म' नै, अनादि मूलकारण हुँ । कर्म गर्दा गर्दा जसै जसै कर्मीको कर्मक्षय हुन्छ, त्यसरी नै कर्र्मी यस  'म' को निकट आइरहन्छ । कर्मी जब 'म' लाई आफू देखि अभिन्न अनादि भनेर संझन्छ, तत्क्षणात् मूढत्व (कामनाको वशमा जो छ त्यही मूढ हो) परित्याग गरेर 'म' मा मिलेर मत्र्यधर्मलाई छोडेर आफूलाई जगत्को महान् ईश्वर भनेर निश्चय गर्दछ । अतः उसमा परिवर्तनशील चन्चलता (पाप) रहदैन । किन कि  'म' अज, अजन्मा हुँ, जन्म लिनाले नै  'पाप' हुन्छ, मेरो जन्म पनि छैन, पाप पनि छैन । ।

बुद्धिज्र्ञानमसंमोहः क्षमा सत्यं दमः शमः ।
सुखं दुःखं भवोऽभावो भयञ्चाभयमेव च ।। ४ ।।

अहिंसा समता तुष्टि स्तपोदानं यशोऽयशः ।
भवन्ति भावा भूतानां मत्त एव पृथग्विधाः ।। ५ ।।

अन्वय र अर्थ – बुद्धिः = बुद्धि, ज्ञानं = ज्ञान, असंमोहः असंमोह (संशय रहित), क्षमा = क्षमा, सत्यं = सत्य, दमः =दम, शमः =शम, सुखं = सुख, दुःखं = दुःख, भव = उत्पत्ति, अभावः = नाश, भयं च = भय र, अभयं एव च  = अभय पनि, अहिंसा = अहिंसा, समता = समता, तुष्टिः = सन्तोष, तपः = तप, दानं = दान, यज्ञः = यज्ञ, अयशः = अपयश, भूतानां = प्राणीहरूका (एते = यी), पृथक्विधाः = नाना प्रकारका, भाबाः = भावहरू, मत्तः एव = मबाट नै, भवन्ति = उत्पन्न हुन्छन् ।

भावार्थ – बुद्धि, ज्ञान, असंमोह, क्षमा, सत्य, दम, शम, सुख, दुःख उत्पत्ति, विनाश, भय, अभय, अहिंसा, समता, तुष्टि, तप, दान, यश, अयश, प्रभृति प्राणीहरूका लागि नानाविध भाव मबाट नै उत्पन्न हुन्छन् ।

विशिष्टार्थ – 'बुद्धिः' = निश्चयात्मिका वृत्ति । बुद्धि अन्तःकरणको त्यो शक्ति हो जसद्वारा सत् असत्को विचार गरेर सूक्ष्मपदार्थलाई सम्झन सकिन्छ ।

'ज्ञान'  = (नवां अध्यायको पहिलो श्लोक) विचारपूर्वक बुद्धिद्वारा जुन निश्चय गरिएको छ, त्यसमा प्रवृत्तिको नाम ज्ञान हो ।
'असंमामेह'  = अ = नास्त्यर्थ +सं = सम्यक्+मोह = अविद्या वृत्ति । अविद्यावृत्ति जुन अवस्थामा सम्यक् रूपले मेटिन्छ सोही अवस्थालाई असंमोह अवस्था भन्दछन् ।
'क्षमां'  =  अरूबाट तिरस्कृत हुँदा प्रतिकार गर्ने शक्ति भएर पनि जुन उपेक्षाकरण शक्ति हो त्यही क्षमा हो ।
'सत्य' =  निष्कपट भएर पर हित गर्नुको नाम सत्य हो ।
'दम'  =  बाह्येन्द्रिय निग्रह ।  'शम'  =  अन्तःकरणको निग्रह ।
'सुखं'  =  सु =  सुन्दर, खं =  शून्य अर्थात् उद्वेग रहित अवस्था ।
'दुःख'  =  प्रतिकूल परिस्थिति प्राप्त हुँदा मनमा हुने सन्ताप ।
'भव'  =  जन्म,  'अभाव'  =  मरण,  'भय' =  मृत्यु आशंकाको उद्वेग, 
'अभय'  =  तद्विपरीत,  'अहिंसा' =  प्राणी पीडनाभाव,
'समता'  =  रागद्वेषादि रहित,  'तुष्टि'  =  सन्तोष,  'तप'  =  माया विकारलाई ज्ञानाग्निद्वारा भष्म गर्ने चेष्टा ।
'दान'  =  न्यायार्जित सम्पत्तिलाई यथाशक्ति सत्पात्रमा दिनु ।

साधक (अर्जुन) ! हेर, ब्रम्ह विना तिमी केही पनि हैनौ, तथापि तिमीले मायाको आश्रय गरेर अहंकारले युक्त भएर  शब्द–स्पर्श–रूप–रस–गन्धलाई लिन्छौ, यी सबै तिम्रो  न्यायार्जित धन हो ।  'धन'  ध = धारणा, न = नास्ति, धारणा शून्यताको नाम धन हो । यी शब्दादि विषयहरूमा  मनको धारणा हुँदैन चन्चलता नै रहन्छ, त्यसकारण यी सबैको नाम धन हो । यो जुन तिम्रो धन हो, सबै असत् छ, किन कि यो परिणामी छ । यी सबैलाई सत्पात्रमा अर्थात् नित्य, अपरिणामी, परब्रम्हमा समर्पण गर्नुको नाम दान (पाँचौ अध्यायको १० औं श्लोक  'ब्रम्हण्याधाय' हेरौं) हो ।  'यश'  = धर्म निमित्त कीर्ति । 'अयश' = अधर्म निमित्त कीर्ति ।

यी सबै भूतबजारमा अर्थात् अन्तःकरणकाधर्मीहरूमा रहन्छन् । त्यसकारण यी सबैलाई भूतभाव भन्दछन् । यी सबै भाव 'म' बाट उत्पन्न भएता पनि पृथक्विध छन् अर्थात् भिन्न भिन्न प्रकारका छन् । 'म' को भाव वा आत्मभाव जो हो, त्यसमा पृथक् विधत्व छैन, त्यो एक  अद्वितीय छ ।  त्यसकारण भूतभाव समूह आत्मभाव देखि सम्पूर्ण विपरीत छन् ।

    महर्षयः सप्त पूर्वे चत्वारो मनव स्तथा ।
    मद्भावा मानसा जाता येषा लोक इमाः प्रजाः ।। ६ ।।