नयाँ वर्षमा देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन

नयाँ वर्षमा देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १, २०७६

काठमाडाैं । नयाँ वर्ष–२०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ७ बजे देशवासीका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीको सल्लाहकार समूहले २० मिनेटको सम्बोधनका लागि करिब दुई हजार शब्दको लिखित मस्यौदा तयार पारेको छ । 

‘प्रधानमन्त्रीज्यूले सम्बोधनमार्फत नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुनेछ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।