उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षका उम्मेदवार नै कालोसूचीमा !

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षका उम्मेदवार नै कालोसूचीमा !

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १९, २०७७

काठमाडौँ । कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका व्यवसायी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्षका उम्मेदवारी दिएका छन् । सोमबार हुने निर्वाचनमा कालोसूचीमा रहेका व्यवसायी टिकाराज ढकालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 

यस अघि तोकिएको मितिमा निर्वाचन स्थगित गर्न माग सहित अदालतमा रिट परेपछि निर्वाचन स्थगित भएको थियो ।अध्यक्षमा उम्मेदवारी दिएका  व्यवसायी ढकाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्ढिराज ढकालका भाइ हुन् । दाइको राजनीतिक पहुँचका आधारमा उम्मेदवारी दिएपनि चण्ढी र उनका भाइ दुबै जना बैंकको कालोसूचीमा रहेका छन् ।

ढकालका दुई भाइको नाममा रहेको रेडियन्ट फन वेयर फेसन, मोमेन्टो एपेरल्सको नाममा लिइएको ऋण तिर्न बाकिँ रहेपछिक कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ । 
राष्ट्रिय वाणिज्य बैंकको ऋण चुक्ता नगरेको भन्दै केन्द्रले २०६७ मंसिर १७ गते पहिलोपटक ती व्यक्तिको नाम कालोसूची राखेको छ । त्यसपछि पनि २०६९ असार १९ गते, २०६९ असार १५ र २०६९ साउन १४ गते फरकफरक कम्पनीका नाममा बैंकबाट लिएको ऋण तिर्न बाँकी रहेको भन्दै केन्द्रले कालोसूचीमा राखेको छ।

लामो समयदेखि उनीहरू कालो सूचीमा रहेपनि अझै फुकुवा हुन नसकेको अवस्थामा प्रदेश महासंघ चलाउन गाह्रो हुने व्यवसायी गुनासो छ ।  अध्यक्षको नै सबै खातापाता रोक्का भएपछि कसरी प्रदेश महासंघ चल्न सक्छ ु एक व्यवसायीले भने ।