चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगित

चिकित्सकको आन्दोलन १५ दिनका  लागि स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १, २०७६

काठमाडाैं । आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारले १५ दिनको समय माग गरेपछि नौ दिन देखि जारी आन्दोलन स्थगित भएको छ । 

समायोजनको विषयलाई लिएर स्वास्थ्य सेवा अवरुद्ध पार्देै आएका चिकित्सकसँग पटक पटकको वार्ता पछि १५ दिनका लागि समय उपलब्ध गराई आन्दोलन स्थगित गर्न चिकित्सक राजी भएका हुन् । शनिबार साँझ भएको वार्तामा अध्ययन विदामा रहेका चिकित्सक र विशेषज्ञ चिकित्सकलाइ पुल दरबन्दीमा राखेर आवश्यकता परेको ठाउँमा खटाउने सहमति पछि आन्दोलन स्थगित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले बताए । 

उनका अनुसार आइतबारदेखि मुलुकभरका सरकारी अस्पतालका अवरुद्ध सेवा सुरु हुनेछ । स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा १५ दिन भित्र मन्त्रिपरिषदबाट सहमतिका बुँदा पास गर्ने बताइएको छ । उक्त समय भित्र सहमति पालना नगरे पुनः सेवा अवरुद्ध बनाउने चिकित्सकले बताए । चिकित्सकका अनुसार माग सम्बोधन भए आन्दोलन फिर्ता हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।