मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १९, २०७७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । 

अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिनुभएको बताइएको छ ।