‘सङ्घीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

‘सङ्घीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १९, २०७७

लहान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  दाहाल– नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका उहाँले आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाउनुभयो । संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उहाँको भनाइ थियो ।