मालीमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु

मालीमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १९, २०७७

एजेन्सी । अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ । 

अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए । 

सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिकी मुलुक मालीमा तैनाथ भएयता ५० जना फ्रान्सेली सैनिकको मृत्यु भएको फ्रान्सेली सैनिक मुख्यालयले जनाएको छ । 

उक्त घटनामा अर्का एक सैनिक घाइते भएका छन् ।

मालीमा जारी जिहादी आक्रमणलाई निस्तेज बनाउन फ्रान्सेली सेना मालीमा तैनाथ गरिएको छ । 

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सैनिकको मृत्यु भएकामा दुःख प्रकट गर्नुभयो ।