शेर्पाहरू आदिवासी हुन ! कुलदेवता वृषशम्बरको आवृत्ति अङ्कित पाको माटाको सीलमूर्ति एक प्रमाण !!

शेर्पाहरू आदिवासी हुन ! कुलदेवता वृषशम्बरको आवृत्ति अङ्कित पाको माटाको सीलमूर्ति एक प्रमाण !!

श्रीराम श्रेष्ठ  |  समाज  |  पुष १९, २०७७

राज्यको सुविधाबाट वञ्चित जातिमध्ये एक हो शेर्पा । नेपालको पूर्वी क्षेत्र सोलुखुम्वब नै मूल थलो हो । बसाइँ सर्ने क्रममा अहिले ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, इलाम, खोटाङ, तेह्रथुम, रामेछाप, हुम्ला, मुगु, महोत्तरी, सिन्धुपालचोक, काभ्रेपलान्चोक, काठमाडौँ, नुवाकोट, रसुवा, भोजपुर आदि जिल्लाहरूमा छरिएर यो जातिले बसोबास गरिरहेका बसेका छन् । वि.सं.२०६८ को जनगणनामा शेर्पा जातिको जनसङ्ख्या १,१२,९४६ रहेको छ । जसमा महिला ५८, ५२२ र पुरुष ५४, ४२४  रहको उल्लेख गरिएको छ । 

शेर्पा जाति नेपालको अलावा भारतको दार्जिलिङ, सिक्किम, मणिपुर, आसाम र पश्चिम बङ्गालका साथै तिब्बत, भुटान, युरोप, जापान, इजरायल,अमेरिका जस्ता देशहरूमा समेत बसोबास गर्दै आइरहेको जानकारी दिइएको छ ।

अग्लो, बलिया शरीर, दारीजुँगा कम, खस्रो कपाल, राताराता गाला भएका शेर्पा जातिको परिचय भिन्न किसिमको छ । शर (पूर्व दिशामा बस्ने) र पा (पूर्वेली अथवा पूर्वी निवासी) भनेर शेर्पालाई बुझाउँछ । एक शेर्पाले अर्को शेर्पालाई परिचय दिने क्रममा ‘ङा शेर्पा हीन’ अर्थात् ‘म शेर्पा हुँ’ भनेर परिचय दिने गरिन्छ । विदेशी विद्वान् हाइमेन डोर्फले सन् १९६४ मा शेर्पाहरू पूर्वी तिब्बतको खाम क्षेत्रबाट बसाइँ सरेर नेपाल प्रवेश गरेका हुन् भनेर बताएका छन् । शेर्पाहरूको पुर्खा रोलवालिङ छयू हुँदै दक्षिणतर्फ र त्यसपछि पूर्वी क्षेत्रको सोलमा आएर बसोबास गर्ने क्रममा उत्तरतर्फ पर्ने खुम्बु क्षेत्रतिर लागेका हुन सक्ने तर्क पनि अर्थपूर्ण तरिकाले लिने गरेको पाइन्छ । 

मङ्गोल शासकले तिब्बतमा गेलुक्पा मत नमान्ने (असहमत)लाई मृत्युदण्ड दिने भएपछि आफ्नो धर्मरक्षाका लागि तिब्बतकै पूर्वी क्षेत्र खामको साल्मोग्यङबाट आजभन्दा ५९१ वर्ष अर्थात् सन् १४८० मा ठूलाठूला हिमशृङ्खला पार गरी नेपाल प्रवेश गरे ।

शेर्पाहरू प्रागइतिहासकालमा शिखा साम्राज्य स्थापना गर्ने जातिका रुपमा मनिन्छ । यिनीहरू दोङशुल च्याङ वा मिञाग दोङ शुलवाको सन्तानबाट विस्तार भएका मानिसहरू हुन् । उत्तर मङ्गोलको आगमनबाट तिनीहरू मिञाग प्रान्ततिर विस्तार भएको इतिहासमा उल्लेख गरेको पाइन्छ । आजकाल इतिहासविद्हरू अधिकांशले यो अवधारणा ठीक भएको मान्ने गरेका छन् । अनिश्चित स्थानमा बसोबास गर्नुपरेकाले शेर्पाहरूको नामथर पनि विभिन्न प्रकारमा विभाजित हुँदै आएको पाइन्छ । जस्तै मिञागपा (मिञागबासी): दोङशुलवा (दोङशुलवासी) र शेर्पा (पूर्वेली) आदि । त्यसै गरी अनिश्चित समय र अनिश्चित स्थानको प्राकृतिक वातावरणको साधन तथा निकट छिमेकीको रहनसहनबाट उनीहरूका जीविका गर्ने तरिका, भाषा, लिपि, खाना, वेशभूषा तथा वैभव इत्यादिको पक्षमा पनि विभिन्न किसिमका परिवर्तनहरू भएका छन् ।

शम्बर(शम्ब)ले दाँतले च्यापेर प्रदर्शन गरिएको शेर्पा भाषामा ‘रितुक’ भनिने भुवन–चक्र तथा शेर्पाहरूका कुल–परम्परा अन्तर्गतका देउदेउताहरू, पशुपक्षीहरू आदिका चित्रहरूलाई अङ्कित गराइएको कपडाको थाङ्कालाई टुप्पामा धातुको तीर ठडिएको लट्ठीमा सजाएर निर्माण गरिएको शेर्पा भाषामा ‘खोलु’ भनिने बरियाँती झण्डा अनिवार्य रूपले बोक्नु पर्ने प्रचलन भएको देखिन्छ । यसका साथै शेर्पाहरूको विवाहमा झ्याम्टो तथा सहनाई बजाई चम्मर हलाएर अनिर्वाय रूपमा दुई हातले तरबारलाई माथि उचालेर नाच्नै पर्ने परम्परा अहिले पनि मौजुद रहेको पाइन्छ ।

१० औँ शताब्दीको आरम्भमा थङ वंशजका राज्यशासन पतन भएपछि त्यस दिशाको सम्पूर्ण क्षेत्रमा आधा शताब्दीसम्म राजनीतिक अस्थिरताका कारणले भयङ्कर आन्तरिक सङ्घर्ष चर्केको थियो । यो काल शासकहरूको परम्परा आ–आफ्नो शक्ति प्रदर्शन गर्ने समय भएकाले गर्दा देशका साधारण जनताहरू त्यसका भारमा परेका थिए । त्यस समय मिञागपाहरूले पनि त्यसको सामना गर्नुपरेको थियो साथै उनीहरूले अरूलाई दुःख दिने काम पनि बाँकी राखेनन् । मिञागपाहरू नेपालका सिमानामा पुगेको समयचाहिँ शिश्वाका राज्य शासन सन् १०३८–११२७ पतन हुनुभन्दा पहिले नै भएको मानिएको छ । त्यसपछि तिनीहरू त्यो बाटोबाट आवतजावत गरिरहेका थिए । त्यसपछि फेरि योद्धराजा (गेसर ग्याल्पो) का युद्धका कारणवश मिञागपाहरू भोट नेपालका सीमातिर विस्तार भएको र पछि शिश्वाको राज्यशासन विस्थापित भएपछि तिनीहरू फेरि पहिले आएको उत्तरी बाटो भएर मिञाग प्रान्तमा फर्केका थिए । त्यसपछि १३ औँ शताब्दीमा दक्षिण दिशामा जाँगिर खाँले राज्य एकीकरणको अभियान चलाउँदा पुनः तिनीहरू अघिको घोरेटो बाटो लागेर नेपाल र भोटको सिमानातिर आउनु परेको अर्थ लगाइएको  छ ।

नेपालको उत्तरी हिमाली सीमा क्षेत्रमा बसाइँसराइ गर्ने क्रममा ज्योमोलाङमा अर्थात् विश्वका सर्वोच्च शिखर सगरमाथाको पश्चिमपट्टि अवस्थित नाङपालानामक विकट हिमालको हिउ काटेर पहिले खुम्बुतिर झर्ने व्यक्ति मेमे फक्षेन थिए । थिम्मी गोत्रको उनी खुम्बुमा आइपुग्दा त्यहाँ त्यस क्षेत्रमा हिउँ नै हिउँले ढाकिरहेकाले मान्छे बस्न लायका थिएन भनी अनलाइन नेपाली साहित्य मञ्च, शेर्पा जातिको उत्पत्ति र नामकरण (२००८/०६/१७) मा उल्लेख गरिएको छ । 

पश्चिम नेपालको कर्णाली प्रदेशका चौधबीस भेकमा आदिम कालदेखि बसोबास गरेर राज्य चलाई पूर्व–मध्यकालमा आफ्नो आधिपत्य र बाहुल्यता कायम गरेर अहिले सुदूर पश्चिमाञ्चल क्षेत्र अन्तर्गतका जुम्ला, वझाङ, तिब्रिकोट, जाजरकोट आदि जिल्लाहरूमा छरिएर बसेका शेर्पा मूलका अनार्थ खश आदिवासीहरूलाई अहिलेसम्मका सम्पूर्ण विद्वानहरूले ढ्ङ्गे धातु युगको दोस्रो सहसाब्दीको पन्धौँ शताब्दी इस्वी पूर्वदेखि मात्रै दक्षिण–पूर्वी युरोपको ककेशस पहाडको हिमाली प्रदेशबाट बसाइँ सरेर भारतीय उपमहाद्वीपका उत्तरी भूभागहरूमा आएका संस्कृतभाषी ककेसियाली मूलका आर्यहरूका वंशजहरूका रूपमा उल्लेख गरेर यिनीहरूको मातृभाषाबाट संस्कृतकरण गरी विकसित गरिएको ‘खश कुरा’ भनिने नेपाली भाषालाई समेत आर्यभाषाका रूपमा उल्लेख गरेको पाइन्छ ।

अझ केही विद्वानहरूले त यी खश आदिवासीहरूलाई बाह्रौँ शताब्दी इस्वीतिर मात्र चिनको उत्तरी प्रदेशमा घुमन्ते जीवन व्यतित गरी पछिल्लाकालमा नेपालमा प्रवेश गर्ने मङ्गोल मूलका भोट–बर्मेली परिवारका जनजातिहरूका रूपमा चित्रण गरेर यिनीहरूको आदिवासीको हैसियतलाई नै आर्यहरूको हैसियतभन्दा तल झार्ने काम भइरहेको देखिन्छ । तर कुरो त्यसो होइन । यस उपमहाद्वीपमा प्राप्त भएका अहिलेसम्मका सम्पूर्ण ऐतिहासिक, भौगोलिक, पुरातात्विक, सांस्कृतिक, भाषिक (साहित्यिक), धार्मिक आदि प्रमाणहरूलाई केलाउने हो भने खशहरू सिन्धु तथा नेपाली सभ्यता र सांस्कृतिका निर्माता ठहरिएको आग्नेयी मूलका अनार्य शेर्पा आदिवासीहरूका वंशजहरू ठहरिएको निश्कर्ष खशहरू आर्यमूलका क्षेत्रीहरू नभई आग्नेयी मूलका शेर्पा आदिवासी हुन् भनी  श्यामसुन्दर शेर्पाले २०६५ चैत्र १३ मा नै रोडम्यापको पृष्ठ ५ उल्लेख गर्नुभएको पाइन्छ ।

भारतीय उपमहाद्वीपका उत्तरी भूभागहरूका असंस्कृत नामहरू जस्तै यी भूभागहरूमा बग्ने ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वका नदीनालाहरूका असंस्कृत नामहरू पनि शेर्पा भाषामा नामकृत भएको देखिन्छ । यसबाट यी शेर्पाहरू यस उपमहाद्वीपका भूमिपुत्र आदिवासीहरू हुन् भन्ने तथ्यलाई उजागर गर्छ । त्यसैले यस अध्यायमा यी शेर्पाहरू यस उपमहाद्वीपका भूमिपुत्र आदिवासी हुन् कि होइनन् भनेर जाँच्न यी नदीनालाहरूका असंस्कृत नामहरूको विश्लेषणात्मक अध्ययन गरी तिनीहरूलाई शेर्पाहरूका पहिचानसूचक स्रोतहरूको रूपमा प्रस्तुत गर्ने काम भएको छ । किनभने यी स्रोतहरूले मात्रै नासिएर गएका अन्य आदिम स्रोतहरू विशेष गरी साहित्यिक स्रोतहरूको परिपूर्ति गर्ने क्षमतालाई आफूमा सङ्ग्रहित गरेको हुन्छ र यिनीहरू कहिले पनि नास नहुने भौगोलिक प्रमाणहरू हुन्। मिचेलविजेल जस्ता विद्वानहरूको विचार अनुसार पनि साहित्यिक प्रमाणहरू लगायतका सबै आदिम प्रमाणहरू नासिएर गएका हुन सक्ने भएकोले पौराणिक कथा अथवा उपाख्यानमा मात्र आधारित भएका भूमिपुत्र आदिवासीहरूका अलिखित इतिहासलाई प्रकाशमा ल्याउने काममा ठूलो भूमिका निर्वाह गर्न सक्ने भूभाग तथा नदिनालाहरूका नामहरू स्वंय कहिले पनि नास नहुने भौगोलिक प्रमाणहरू (Witzel, Michael, Neplalese Hydronomy : Towards a History of settlement in the Himalays, Nepal, past and present, Ed, Gerard Toffin, (New Delhi, sterling publishers private Limited 1993,p.p. 217–18.)  उल्लेख गरिएको छ । 

नेपाली तथा संस्कृत भाषाको ‘आग्नेयी’ भन्ने शब्द र अंग्रेजी भाषाको ब्गकतचयबयिष्म भन्ने शब्दले मूल रूपमा  ‘दक्षिणी दिशा/दक्षिणको दिशा’ भन्ने अर्थलाई समेटेको देखिन्छ । यदि हामीले एसिया महादेशको मानचित्रमा भारतीय उपमहाद्वीप कहाँ छ भनेर खोज्यौँ भने त्यस मानचित्रमा एसिया महोशको आग्नेयी (दक्षिण पूर्वी) कोणमा यो उपमहाद्वीप अवस्थित भएको पाउँछौं । त्यसैले यस उपमहाद्वीप अन्र्गतका देशहरूलाई अहिले ‘एसियाका आग्नेयी देशहरू/मुलुकहरू’अथवा ‘दक्षिण पूर्वी एसियाली देशहरू/मुलुकहरू’ पनि भन्ने गरेको पाइन्छ । त्यसैले भौगोलिक रूपले शेर्पा आदिवासीहरू एसिया महादेशको आग्नेयी (दक्षिण पूर्वी) कोणको यस उपमहाद्वीका उत्तरी भूभागहरूमा मूलवासी भएर बसोवास गर्ने मानिसहरू भएकै कारण भाषातात्विक, पुरातात्विक तथा भौगोलिक आधारहरूमा यिनीहरू एसिया महादेशको आग्नेयी कोणका बासिन्दाहरू भनी आग्नेयी मूलका आदिवासीको वर्गमा परेको तथ्यको पुष्टि भएको कुर पूवर्वत पृष्ठ – १४६ पाण्डेयले उल्लेख गरिएको छ ।    

शम्बर(शम्ब)ले दाँतले च्यापेर प्रदर्शन गरिएको शेर्पा भाषामा ‘रितुक’ भनिने भुवन–चक्र तथा शेर्पाहरूका कुल–परम्परा अन्तर्गतका देउदेउताहरू, पशुपक्षीहरू आदिका चित्रहरूलाई अङ्कित गराइएको कपडाको थाङ्कालाई टुप्पामा धातुको तीर ठडिएको लट्ठीमा सजाएर निर्माण गरिएको शेर्पा भाषामा ‘खोलु’ भनिने बरियाँती झण्डा अनिवार्य रूपले बोक्नु पर्ने प्रचलन भएको देखिन्छ । यसका साथै शेर्पाहरूको विवाहमा झ्याम्टो तथा सहनाई बजाई चम्मर हलाएर अनिर्वाय रूपमा दुई हातले तरबारलाई माथि उचालेर नाच्नै पर्ने परम्परा अहिले पनि मौजुद रहेको पाइन्छ ।

यसबाट यी अनार्य शेर्पा आदिवासीहरूले सिकारी युगबाट ढुङ्गे धातु युगमा प्रवेश गरी यस उपमहाद्वीपको उत्तरमा सिन्धु तथा नेपाली सभ्यता र संस्कृतिको सिर्जना गरेर तिनीहरूलाई चर्मोत्कर्षमा पुर्‍याएपछि पनि भाला, धनुषबाण, तरबार आदि आफुहरू माथि हमला गर्नेहरूलाई तर्साउने र धपाउने काम गर्ने गरेका रहेछन् भन्ने तथ्यको पुष्टि हुन्छ । यस तथ्यलाई सिन्धु उपत्यकाको मोहनजो–दरोमा प्राप्त भएको साँढेको शिरपोस लगाएर बायाँ हातमा धनु र दायाँ हातमा धनुषवाण बोकि रूखका पातहरूले सजाएको पोसाकमा सजिएर पश्चिमतिर हेर्दै आदिम अनार्य शेर्पा आदिवासीहरू पूर्वेलीहरू भएको तथ्यलाई सङ्केत गर्दै पूर्वतिर दौडिरहेको सिकारी रूपको शेर्पाहरूका कुलदेवता वृषशम्बरको आवृति अङ्कित पाको माटाको सीलमूर्तिबाट प्रमाणित  (Deshmukha opt. cit, n.5, p.p.58-59) गरिएको छ । 

क्रमश:

शेर्पा जातिका संस्कृति र संस्कारबाट