'मन परेको मायाले' नामक गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

'मन परेको मायाले' नामक गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष २०, २०७७

काठमाडौँ । डिलाइटेड नेपालले नयाँ कोसेली स्वरु मन परेको मायाले नामक गीतको म्युजिक भिडियो सङ्गीत बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेका लोकप्रिय गायक सबिन लिम्बुले गाएको यो गीत उनका हालसम्मका गीत भन्दा फरक शैलीको रहेको छ । यस गीतलाई लोकप्रिय गायिका एलिना चौहानले पनि गायिकी छिन् । यस गीतमा अभिनय पनि गायक गायिका स्व‌मकै रहेको छ ।

गीत रचना डीपी दाहाल परिश्रमीको रहेको छ । गीत रचनामा चर्चामा रहेका गीतरचनाकार परीश्रमीका अत्यन्त मर्मस्पर्शी शब्दहरु गीतमा रहेका छन् । वहाँले विगतमा चर्चित सङ्गीतकार शम्भुजीत बास्कोटाको सङ्गीतमा तिर्सना एल्बम, दीपक शर्माको सङ्गीतमा रसिलो, लक्ष्मण शेषको सङ्गीतमा संसार जितेर, पुरुषोत्तम सुबेदीको सङ्गीतमा मायाको घरबार, मनोहर सुनामको सङ्गीतमा मायाको क्या राम्रो आँखा, राजेश कैदीको सङ्गीतमा म रोएको पल, लाल बहादुर सुब्बाको सङ्गीतमा झरेको जीवन जस्ता धेरै सृजनाहरू बजारमा आई सकेका छन् । 

यस मन परेको माया बोलको गीतले मानवीय यथार्थ जीवनका वास्तविकताहरू बोलेको छ । 
नछुने शब्दहरूले भरिएको गीतमा गहकिला शब्दहरू छन् । 

मन परेको मायाले घरबार गर्‍यो
आफ्नो भने मुटुमा घाउ चोट पार्‍यो
........................................
मनभित्रका सपना गोडेर गोडेर 
उज्यालो त गैगयो छोडेर छोडेर

लालबहादुर सुब्बाको सङ्गीत रहेको यस गीतलाई बसिन लिम्बुले एरेन्ज गरेका छन् । ह्वाइट मिडियाको निर्माण संयोजन रहेको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् । 

यसै गीत भित्रको एउटा अन्तरा यस्तो रहेको छ...

छुरा रोप्नु सपना नरोप्नु
धोकै दिनु, धोकामा नराख्नु

मायाप्रीतिमा रमाएर पछि बिछोड भएकाहरुलाई गीतले मनभित्रनै छुने कोशिश गरेको छ ।


उक्त म्युजिक भिडियो डिलाईटेड नेपाल युटुब च्यानलमा रिलिज गरिएको छ ।  यहाँ क्लिक गरेर पनि सुन्न सकिन्छ ।