लेकसाइडको बाटो शिलान्यास

लेकसाइडको बाटो शिलान्यास

लोकसंवाद संवाददाता  |  पर्यटन  |  पुष २०, २०७७

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा महानगर वडा नं ६ स्थित नहरमार्गको ढलान बाटो शिलान्यास गर्नुभएको छ । करीब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ४७ लाख ७० हजार रुपैयाँ को कूल लागतमा सम्पन्न हुने बताइएको छ । सो बाटोको परिधि कन्स्ट्रक्सनले पाँच महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको नहरमार्ग बाटो निर्माण समितिका अध्यक्ष तुलसी दाहालले जानकारी दिनुभयो । 

बाटो शिलान्यास गर्दै पहारीले पर्यटकीय शहर पोखराको लेकसाइडलाई थप आकर्षक गराउन पूर्वाधार विकासका लागि आफू उत्तरदायी भएर लागिरहेको बताउनुभयो । 

गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर  दिनेश घिमिरेले योजनामा भएका कमजोरी सुधार गर्दै समयमा काम सम्पन्न गर्ने जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलले पर्यटनको केन्द्र लेकसाइडमा विश्वकै ध्यान पुग्ने हुँदा यसको विकास मात्रै नभई समयअनुसार यसको रुपान्तरणमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।  

पोखरा–६ का वडाध्यक्ष जगत पहारीले विकास निर्माणका कार्यमा सबैको एकता र सहकार्य हुनुपर्नेमा जोड दिनुयभो । कार्यक्रममा होटेल एसोशिएसन नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठी, टान पश्चिमाञ्चलका द्वितीय उपाध्यक्ष कृष्ण आचार्यलगायतले निर्माण समयमै र गुणस्तरीयरुपमा हुनुपर्नेमा जोड दिनुभएको थियो ।