हलिउड चलचित्र 'टारगेट नं. वान' डिशहोम सिनेमाघर इन्टरनेशनलमा

हलिउड चलचित्र 'टारगेट नं. वान' डिशहोम सिनेमाघर इन्टरनेशनलमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष २०, २०७७

ललितपुर । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर ईन्टनेशनलमा पौष २१ गते देखी हलिउड चलचित्र 'टारगेट नं. वान' रिलिज हुने कुरा डिशहोमले  जनाएकाे छ 

डिशहोमका अनुसार दर्शकहरुले यो चलचित्र पौष २१ गतेदेखी दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे  बेलुकी ७ बजे र १० बजे  हेर्न सक्नु हुनेछ ।

सिनेमाघर ईन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र 'टारगेट नं. वान' हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सक्नुहुनेछ । 

दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिउड चलचित्र 'टारगेट नं. वान' हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने  डिशहोमले जानकारी  दिएकाे छ  ।