तनहुँको बन्दीपुर बेलभञ्ज्याङबाट घाइते चितुवाको उद्धार

तनहुँको बन्दीपुर बेलभञ्ज्याङबाट  घाइते चितुवाको उद्धार

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २१, २०७७

दमौली । घाइते अवस्थामा फेला परेको चितुवाको बच्चाको उद्धार गरिएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा सोमबार फेला परेको चितुवाको बच्चाको सबडिभिजन कार्यालय विमलनगरले उद्धार गरेको हो । चितुवाको बच्चालाई चोट लागेकाले उपचारका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको सहायक सबडिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेशकुमार भुजेलले जानकारी दिनुभयो ।