मटिहानी नगरपालिकाकाे सिमरदहीमा विद्यालयको नयाँ भवन सञ्चालनमा

मटिहानी नगरपालिकाकाे सिमरदहीमा विद्यालयको नयाँ भवन सञ्चालनमा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  पुष २१, २०७७

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदहीमा विद्यालयको नयाँ भवन सञ्चालनमा आएको छ । सिमरदहीस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको नवनिर्मित भवन सोमबार एक समारोहबीच उद्घाटन भएपछि सञ्चालनमा आएको हो । चारकोठे पक्की भवन र दुईकोठे ब्लक गरी नवनिर्मित छकोठे भवनको नगरप्रमुख हरिप्रसाद मण्डल र शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख प्रतिभाकुमारी साहले सोमबार संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । 

नेपाल सरकारबाट प्राप्त  ५० लाख रुपैयाँ बाट नयाँ विद्यालय भवन निर्माण भएको हो । विद्यालयको नवनिर्मित भवनले कक्षाकोठा, प्रयोगशाला र कार्यालय प्रयोजनमा सहजता ल्याएको प्रधानाध्यापक राजकिशोर चौधरीको भनाइ छ । मटिहानीस्थित भगवान् लक्ष्मीनारायण मठको नाउँमा स्थापित यो पुरानो विद्यालय भवन अभावको समस्या झेल्दै आएको थियो ।