प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई सफा खानेपानी प्रयोगमा आर्थिक सहयोग

प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई  सफा खानेपानी प्रयोगमा आर्थिक सहयोग

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २२, २०७७

काठमाडौँ । प्रभु बैंकले  इलाम शाखा कार्यालयले आफ्ना  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि  ५ लाख रुपैयाँ  आर्थिक सहयोग उपलब्ध गराएको एक  प्रेश विज्ञप्ति जनाएको छ ।

मिति २०७७/०९/१९ गतेका दिन एक समारोहका विच प्रभु बैंक इलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले इलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग  स्वरुप ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा इलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होमबहादुर बस्नेत इलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य  इन्दिरा राई, समाजसेवी  हिमाल कर्मचार्य र समाजसेवी रतनकुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो । 

प्रभु बैंक लि. को आर्थिक सहयोगमा इलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकले विश्वास लिएको छ । साथै, प्रभु बैंकले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने व्यहोरा समेत अनुरोध गरिएको छ ।